०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके एसपी रानाको ठुलो सफलता २ करोडौं बराबरको ठगी गर्ने पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक १८, २०७७

महेन्द्र सिंह
बाँके नेपालगञ्ज बहुमूल्य नागमणि छ भन्दै एक करोड ८९ लाख ५० हजार ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर एक करोड ८९ लाख ५० हजार रुपैया ठगेका थिए । बाँके प्रहरीको टोलीले यी तीन जनालाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बाट चालिस लाख रुपैयासहित नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, तीन जनाले घिमिरेलाई नागमणिको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घरपरिवारमा सुखशान्ति, सम्बृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए ।
यस्तो कार्य गर्नेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।
बाँके प्रहरीले मंगलबार योलगायतका ५ वटा घटना सार्वजनिक गरेको छ । जसमा तीन किलो अफिम, २२ ग्राम ब्राउनसुगर, रेडपाण्डाको छाला र नेकपा विप्लव माओवादीका कार्यकर्ता पक्राउ रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!