३० आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

सिन्धुपाल्चोकमा पछिल्लो समय अपराधिक क्रियाकलापहरु शन्यू डिएसपी : सापकोटा

Logo
प्रकाशित बुधबार, कार्तिक १९, २०७७

(ABC क्राईमबिट) जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटासंगको कुराकानी…
१) नमस्कार आराम हुनुहुन्छ ?जिल्लामा आउनुभएको कतीभयो ?
आराम छु । जिल्लामा प्रवेश गरेको दुई महिना पुग्दै छ ।
२) तपाई जिल्ला आए देखी सुरक्षा ब्यबस्था कस्तो छ ?
जिल्लाको सुरक्षा व्यवस्था अत्यन्तै राम्रो रहेको छ । त्यस्तो ठुलो ज्यान जाने घटना घटेको छैन, तर साना तिना मादक पदार्थ सेवनका कारण घटनाहरु भने घटिरहेका छन ।
३) कोभिड—१९ को रोकथाम तथा नियन्त्रणका लागी पछिल्लो समय जिल्ला प्रहरी कार्यालय अर्थात तपाई आफैले पनि के—कस्ताकार्यहरु गर्दै आउनु भएको छ ?
माक्सको अनिबार्य प्रयोग गर्ने, भिडभाड नगर्ने, सेनिटाईजर प्रयोग गर्ने, सामाजिक दुरी कायम गनर्,े सरकारको स्वाथ्य सुरक्षा मापदण्ड पालना गर्ने लगायत बिषयमा बजारमा माइकिङ गर्ने, सामुदायिक रेडियोहरुमा सुचना प्रसारण गर्ने तथा लोकल पत्रपत्रिकामा सुचना प्रकाशन गर्ने, बिभिन्न मिडिया तथा सामाजिक संजाल मार्फत जानकारी गराउने र हामी आफैले पनि प्रचार पम्प्लेटहरु बाँड्ने, कोरेना भाईरसको बारेमा सुरक्षित हुनका लागी सुझाब दिने जस्ता कामहरु भईरहेका छन ।
४) सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरु अर्थात चालक, सहचालकलाई कोरेना भाईरस रोकथामका लागी कस्ता कार्यहरु गर्दै आउनु भएको छ ?
प्हिलो कुरा त हामीले यात्रुहरुले बसमा चड्नु भन्दा अगाडी माक्सको प्रयोग नगरेको भएमाक्स नभएकालाई माक्स दिने, भएकालाई लगाउन सुझाब दिने लगायत कोरोना रोकथाम मात्र नभई दुर्घटना न्युनिकरणको लागी चालक तथा सहचालकलाई क्षमता भन्दा बढी यात्रु बोक्न नदिने, चालकले बस चलाउदा फोनको प्रयोग गर्न नपाईने, मादकपदार्थ सेवन गरी सवारी चलाएको थाहा पाएमा वा चालक तथा सहचालकले मात्र नभई जो कोहीले पनि बसमा यात्रा गर्ने महिलाहरुलाई दुब्र्यबहार गरेमा प्रहरीलाई तुरुन्त १०० मा फोन गरी जानकारी दिने लगायत ट्राफिक नियमको पुर्ण पालना गर्ने बिषय बस्तुहरुको जानकारी गराउने प्रचार पम्प्लेट बाँड्ने, बसमा टाँस्ने लगायत कामहरु गर्दै आएका छौं ।
५) दशैं पनि सकियो दशैंमा कस्तोखालको सुरक्षा ब्यबस्था भयो अनि तिहारमा सुरक्षा ब्यबस्थाको तयारी कस्तो छ ?
अघिल्लो बर्षका दशैंहरुमा भन्दा यसपालीको दशैंमा त्यस्तो ठुलो घटना र त्यस्ता धेरै घटनाहरु भएन किनकी हामीले जिल्लाका सबै स्थानीय तह तथा गाँउ—गाँउमा जने प्रतिनिधिहरु सँग समन्वय गरी र घटना बिबरणको डाटा संकलन गरी अघिल्ला बर्षहरुमा जुवातास खेल्ने, मादकपदार्थ सेवन गरी झै—झगडा गर्ने, भिडभाड गर्ने ठाँउहरुमा प्रहरी गस्ती परिचालन गरी घटना घट्न नदिएका कारण यसपालीको चाड पर्वमा त्यस्ता ठुलो घटना घट्न पाएन ।
६)जिल्लाका सबै स्थानियतहहरुमा कस्तो खालको सुरक्षा ब्यबस्था छ र बढि जस्तो कुन कुन स्थानिय तहहरुमा अपराधिक घटनाहरु बढि रहेका छन ?
सुरक्षा ब्यबस्था प्राय सबै स्थानिय तहहरुममा राम्रै छ तर घटनाहरु भने पछिल्लो समय आत्महत्या र जवरजस्ति करणीको घटनाहरु अली बढिरहेका छन । अन्य स्थानियतहहरु भन्दा जुगल गाँउपालीका तथा आसपासका ठाँउहरुमा अली बढी घटनाहरु घटीरहेका छन ।
७) प्रहरी समुदाय साझेदारी कार्यक्रम पछिल्लो समय कत्तिको प्रभाबकारी भएको छ ?
गाँउ—गाँउमा प्रहरी पुग्दा मानिसहरु डराउने प्रहरीले कस्लाई समात्न आए भनेर शंका गर्ने जस्ता भ्रमहरु फैलिएका थिए भने अहिले जनताहरु प्रहरी मेरो साथी जस्तो गरी नजिक भएर कुराकानी गर्नुहुन्छ, हो यो परीबर्तन नै साझेदारी कार्यक्रमले परिबर्तन ल्याएको हो, प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले गर्दै आएको सबै कामहरु पर्दछन जस्तै कोभिड—१९ रोकथाम सम्बन्धी सबै कामहरु, दुर्घटना न्युनिकरण जवरजस्ति करणी सम्बन्धी सचेतना कार्यक्रम लगायत सबै कार्यक्रमहरु प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्र्तगत पर्दछ ।
८) पछिलो समयमा प्रहरीहरुले जागिर छोड्ने क्रम बड्दो छ, यस्लाई रोकथाम कसरी गर्न सकिन्छ ?
तपाईले ठ्याक्कै प्रसंगको कुरा गर्नु भयो, मैले भन्न लागेको थिए । अब हामीले तत्कालै जिल्लाका सबै प्रहरी कर्मचारीको गुनासो के छ, उहाँहरुको समस्या के छ बुझ्ने र समाधान गर्ने जस्ता कामहरु भैरहेका छ ।
९) बिशेष धन्यबाद हजुरले समय दिनु भएकोमा ?
हजुरलाई पनि धन्यबाद र लोकप्रिय समाचार दैनिकलाई पनि मलाई मेरो अनुभव, कार्य योजना राख्न पाएकोमा खुसी छु । लोकप्रियाशन समाचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरूको संलग्नताबारे गम्भीर प्रश्न उठिरहेका बेला गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका छन्। सोमबार बिहान गृहमन्त्री लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई उक्त विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन कस–कसले गएरु कुन विधि […]

काठमाडौं । ललितपुर जिल्ला ललितपुर म.न.पा.वडा नं.१६ कोणवहाल स्थित प्रेम महर्जनको घरको तेश्रो तल्लामा प्रेम महर्जन समेत निम्न ११ जना मानिसहरुले जुवा (कौडा) खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा तत्काल यस कार्यालयवाट प्रहरी टोली खटी गई उक्त स्थानमा रितपुर्वक खानतलासी गर्दा आ-आफ्नो अगाडी रकम राखी रकमको हारजित हुने गरी जुवा (कौडा) खेली रहेको अवस्थामा फेला […]

काठमाडौं । दक्षिण सिरियाको स्वेइदा सहरमा बेडुइन सुन्नी जनजाति र ड्रुज धार्मिक अल्पसङ्ख्यक समुदायबिचको सशस्त्र झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सिरियाको आन्तरिक मन्त्रालयका अनुसार झडपमा सय जना मानिस घाइते भएका छन् । तर मानवअधिकार समूहले भने झडपमा परेर कम्तीमा ३७ जना मरेको बताएको छ । गएको डिसेम्बरमा असदको शासन पतन भएयता देशभरमा […]

error: Content is protected !!