२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

सशस्त्र प्रहरी बिरगंजले ठुलो मात्रमा लागुऔषध सहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक २०, २०७७

(ABC क्राईमबिट) बिरगंज सशस्त्र प्रहरीले वीरगञ्ज बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालीका वडा नम्बर १० बस्ने वर्ष १९ का मनु कुमार साह रहेका छन । उनको साथ बाट ठुलो परिमाणमा लागुऔषध डाइजापाम ३ सय ९७ गोटा, फेनार्गन ३ सय ९९ गोटा र नुर्फिन ३ सय ७९ गोटा बरामद भएको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले बताए ।
सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगञ्ज बाट खटिएको सशस्त्र प्रहरीको टोलीले इनर्वा गाउ स्थित खेतको बाटो भएर भारत बाट नेपाल तर्फ झोलामा राखी किराना समान संगै २ वटा तेलको ग्यालीन बोकी आउदै गरेको साहलाई शंका लागी चेकजाच गर्ने क्रममा ग्यालीन भित्र लुकाएर राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक बमले जानकारी दिए । सिमानाकामा आवात जावत केही खुकुलो भएसंगै लागुऔषध तस्करी बढेको देखिएपनि सशस्त्र प्रहरीले सिमानाकामा कडा निगरानी बढाईएको सशस्त्र प्रहरी बिरगंजले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]