०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

संघीय सरकारको ४० लाखको लागतमा सडक निर्माण सुरु

Logo
प्रकाशित बिहिबार, कार्तिक २०, २०७७

तेज वली
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को चन्द्रगञ्जदेखि राईखलियानसम्मको सकड निर्माणको काम अघि बढेको छ । विहीबार उक्त सडक निर्माण कार्यको सिलन्यास गरिएको छ । राष्ट्रियसभा सदस्य कोमल वलीले उक्त सडक सिलन्यास गरेकी हुन् ।
संघीय सरकारको ४० लाखको लागतमा निर्माण हुन लागेको उक्त सडकमा अहिले नाला निर्माणको काम सुरु भएको छ । ३५० मिटर नाला निर्माणको काम अघि बढेको हो । उक्त सडकमा क्रमागत रुपमा अर्को बर्ष पनि बजेट आउने छ । बैकलिपक मार्गका रुपमा हेरिएको उक्त सडक निर्माणको जिम्मा विकास एण्ड विसाल निर्माण सेवाले लिएको छ ।
त्यस अवसरमा सांसद वलीले उक्त सडक निर्माणको कामलाई छिटो सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएकी छिन् । आगामी बर्ष पनि सोही सडकमा बजेट आउने भन्दै त्यो सडकको स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकतामा राखेको समेत उनले बताईन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!