२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके प्रहरीले १० किलो अफिम सहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक २०, २०७७

महेन्द्र सिंह                                                          बाँके बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट बिहीबार १० किलो अफिम सहित जाजरकोटका तिलकबहादुर शाहीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
बाँके प्रहरीका अनुसार ठूलो मात्रामा अफिम कारोबार भइरहेको छ भन्ने सूचना पाए लगत्तै चेकजाँच गर्दा जाजरकोटका शाहीलाई उक्त लागुऔषध अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
लागुऔषध अफिमको मोलमोलाई भइरहेकै बेला लागुऔषध अफिम सहित शाहीलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिदाँ दश किलो चार सय ग्राम तौल अफिम भएपनि पलास्टीकमा प्याकिङ्ग गरिएकोले नेट १० केजी हुनसक्ने आँकल गरिएको एसपी रानाले बताए । पक्राउ परेका शाही स्वयम लागुऔषध अफिम उत्पादक र यसको कारोबारी रहेको खुल्न आएकोछ । उनका अनुसार जाजरकोटबाट बाँके अफिम बेच्न शाही आफै आएका हुन् ।
पक्राउ परेका शाहीलाई लागुऔषध अफिम सहित यतिबेला जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएकोछ ।
पहाडी जिल्लामा उत्पादन हुने अफिम बाँके, बर्दियाबाट कारोबार भइ भारत तथा तेस्रो मुलुक पैठारी हुने गर्छ । यताबाट अफिम तस्करी गरि उता पठाउने र उताबाट सोही अफिमबाट ब्राउनसुगर बनाएर नेपाल भित्र्याइने गरिन्छ ।
केही दिनअघि ब्यूरोको टोलीले बाँकेको कुसुमबाट तीन किलो अफिम सहित एकजनालाई पक्राउ गरेको थियो । केही महिना अघि बाँकेकै कुशुमबाट १० किलो अफिम सहित तीन जना पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!