०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

बाँके प्रहरीले तिहार नजिकिदैं गर्दा लाखौंको पटकाहरु पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

महेन्द्र सिंह                                                    बाँकेको जमुनाह नाका हुँदै नेपाल भित्राउँदै गरीएको अबैध पटाका प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहको सक्रियतामा ५ लाख मुल्य बराबरका अबैध पटाका बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कोरोना कहरका कारण बन्द रहँदै आएको सिमा नाकाबाट समेत तिहारलाई लक्षित गर्दै बिष्फोटक पदार्थ (पटाका) भित्रन थालेपछि सिमानाकामा निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले बताए ।
तिहारमा बिशेष रुपमा प्रयोग हुने पटाकाहरुले बिभिन्न घटनाहरु हुन सक्ने भन्दै प्रहरीले बिशेष निगरानी राखेको रानाले बताए । पटाका ल्याउने ब्यक्ति मोटरसाईकल छाडेर फरार भएपनि उनले ल्याएको अबैध पटाका भने नियन्त्रण गर्न सफल भएको प्रहरीले जनाएको छ ।
यस्तै लागु औषध ब्युरोले खजुरा गाउँपालिका ८ रनियापुरबाट १० किलो ४ सय ग्राम अफिम पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जाजरकोट जिल्ला जुनीचाँदी गाउँपालिका वडा नं। १ का तिलकबहादुर शाही रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका शाहीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!