०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

१० लाख घुस रकमसहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

(ABC Sanchar)
काठमाडौं नेपाल विद्युत प्राधिकरणका एकजना इन्जिनियर १० लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
विद्युत प्राधिकरणको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभीए प्रसारण लाइन आयोजना हेटौंडाका प्रमुख (इन्जिनियर, नवौं तह) इश्वरीप्रसाद जयसवाल १० लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले जयसवाललाई हेटौंडाबाटै घुस लिँदा लिँदै पक्राउ गरेको हो ।
अख्तियारका अनुसार जयसवालले निर्माणाधीन प्रसारण लाइनभित्र पर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्धी कार्य सम्पन्न गरेबापत रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग १० लाख घुस माग गरेका थिए ।
सोही सूचनाको आधारमा गएको अख्तियारको टोलीले जयसवाललाई रंगेहात पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!