०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

१० लाख घुस रकमसहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

(ABC Sanchar)
काठमाडौं नेपाल विद्युत प्राधिकरणका एकजना इन्जिनियर १० लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
विद्युत प्राधिकरणको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभीए प्रसारण लाइन आयोजना हेटौंडाका प्रमुख (इन्जिनियर, नवौं तह) इश्वरीप्रसाद जयसवाल १० लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले जयसवाललाई हेटौंडाबाटै घुस लिँदा लिँदै पक्राउ गरेको हो ।
अख्तियारका अनुसार जयसवालले निर्माणाधीन प्रसारण लाइनभित्र पर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्धी कार्य सम्पन्न गरेबापत रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग १० लाख घुस माग गरेका थिए ।
सोही सूचनाको आधारमा गएको अख्तियारको टोलीले जयसवाललाई रंगेहात पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!