०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

दाङ जिल्ला ट्राफिकले ८३ वटा अनटेष्ट (बाईक) र (कार) कार्वाही

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

सागर थापा
दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले नम्बर नलेखेर बजारमा चल्ने अनटेष्ट सवारी साधनहरु माथि निगरानी बढाएको छ ।
जिल्ला ट्राफिक दाङले शुक्रबारदेखि ट्राफिक नियम उलङ्घन गरि नम्बर नराखेर चलाउने अनटेष्ट सवारी साधनलाई सम्झाइ बुझाइदेखि जरिवाना गरेर कारबाही सम्म गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख थम्मन जिसीले जानकारी दिए ।
बजारमा सरप्राइज चेकिङ गर्दै ट्राफिक प्रहरीले जिल्ला भरि निगरानी बढाएको छ । शुक्रबारमात्रै दाङको घोराही बजारका बिभिन्न भागमा चेकिङका क्रममा नम्बर नलखेर चलाइरहेका अनटेष्ट ३० वटा गाडीहरु नियन्त्रणमा लिर्इ जरिवाना गरिएको छ । ५३ वटा साना तथा ठुला सवारी साधनलाई पहिलो चरणमा सम्झाइ बुझाइ गरेर छाडिएको र यदि अटेर गरेमा जरिवाना गरेर कारबाही गरिने बताए । उनले यो सरप्राइज चेकिङ अभियान एक हप्ता चल्ने जानकारी दिए । नम्बर नलेखेर चलाउने अनटेष्टमा मोटरसाइकल र कारहरु धेरै रहेको दाङ जिल्ला ट्राफिक प्रमुख जिसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!