०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

कोरोना सङ्क्रमण नरोकिएपछि रौतहटमा पुनः निषेधाज्ञा जारी

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

ABC Sanchar
जिल्ला प्रशासन कार्यालयले दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको हो ।
गएराति १२ बजेदेखि आउँदो मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै पालिका, व्यापारिक संघसंस्था, सामाजिक संघसंस्थालाई उनले आग्रह गरेका छन ।
निषेधाज्ञाका बेला खेलकुद, नाच, मेला, भीडभाड, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलुस र प्रदर्शन गर्न पाइनेछैन । मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक तथा सांस्कृतिक स्थलमा पनि दैनिक नित्य पूजाबाहेक गतिविधि सञ्चालन नगर्न भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!