१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

काठमाडौंमा ट्राफिक सचेतनाका लागि सांगीतिक डमी अभियान सुरु

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

(ABC क्राईमबिट)
काठमाडौँ महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान आजदेखि शुभारम्भ गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले आज शनिवार एक कार्यक्रमकाबीच उक्त अभियानको शुभारम्भ गरेका हुन् ।
सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिवृद्धि गर्न र सडक दुर्घटना न्यूनिकरण गर्नका लागि गत भाद्र १६ गतेदेखि यस महाशाखाले काठमाण्डौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ । सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने आजदेखि सांगीतिक डमी अभियान महाशाखाले शुभारम्भ गरेको छ ।
ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले गीत संगीत भनेको हर जनको हर परिस्थितिको साहारा, अत्यन्तै प्रीय साथी भएकोले गीत संगीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान शुरू गरिएको बताए । उनका अनुसार सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक चोकमा डमी राखेर ट्राफिक सचेतनामुलक गीतहरु बजाउँदै जनचेतना जगाउने काम भएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथलीको बागमती किनारमा वर्षौंदेखि रहेका टिन-त्रिपालका घरहरू अहिले खाली छन्। २०८२ वैशाखमा सरकारले दिएको २ दिने सूचनापछि सुरक्षाकर्मीको उपस्थितिमा बस्ती खाली गरिएको हो। *के भयो खाली गरेपछि:* 1. *बस्तीको अवस्था*: साँघुरा गल्ली, नीलो त्रिपालका छाप्रा र भिडभाड अब हटेको छ। ठाउँ अहिले खुला छ, तर अधिकांश संरचना भत्काइएको छ । 2. *कसलाई हटाइयो […]

बाँके । सामुदायिक प्रहरी सेवा केन्द्र, ई.प्र.का. कोहलपुरमा कार्यरत *प्रहरी निरीक्षक सानु श्रेष्ठ* र सामुदायिक प्रहरी सेवा केन्द्रका शाखा प्रमुख *प्रहरी निरीक्षक ज्ञानु माया थनेत* लाई स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रमको आयोजना सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका *अध्यक्ष दीपेन्द्र कुमार जोशी*ले गरेका हुन्। कार्यक्रमले प्रहरी र समुदायबीचको समन्वय, सहकार्य र विश्वास […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

error: Content is protected !!