२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

पप्पु कन्स्ट्रक्सन लगायतका तीनवटा निर्माण कम्पनीमाथि कारवाहीको चेतावनी

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

(महेन्द्र सिंह)                                                        बाँके सिक्टा सिचाइ आयोजनाका बिभिन्न काम प्याकेजमा ठेक्का लिएर सम्झौता अनुसार कार्य सम्पादन नगरेको भन्दै उक्त कम्पनीमाथि कारवाहीको चेतावनी दिएको छ ।
यसका लागि प्रक्रिया अघि बढाइसकेको आयोजनाले बताएको छ । बाँकेमा डेढ दशकदेखि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको २५ अर्बको लागतमा २०६३ देखि निर्माण कार्य थालिएको थियो । तर, निर्माण कम्पनीको लापरवाहीका कारण उक्त आयोजना अहिलेपनि पुरा हुन सकेको छैन् ।
डेढ दशकमा निर्माण प्रगति करिब ७० प्रतिशत पुगेको छ । आयोजनाले शनिबार सूचना जारी गर्दै ठेक्का लिएका कम्पनीले आफ्नो व्यवसायिक ख्याति र सामाजिक प्रतिष्ठाको ख्याल नै नराखी लापरवाही गरेको उल्लेख गरेको छ ।
सात दिनभित्र सम्पर्कमा आउन आयोजनाले काठमाडौंका पप्पु कन्स्ट्रक्सन, बज्रगुरु कन्स्ट्रक्सन र वीरेन्द्रनगरको अमर मजदुर जेभीलाई आग्रह गरेको छ । यदि तोकिएको मसमया समपर्कमा नआएको अवस्थामा कम्पनीलाई कानूनी कारवाहीको प्रक्रिया अघि बढाइने आयोजनाले चेतावनी समेत दिएको छ ।
निर्माण कम्पनीहरूले सम्झौताको सर्तअनुसार काम नगरेको आयोजनाको सूचनामा उल्लेख छ । निर्धारित अवधिभित्र काम पूरा नगरे नेपाल सरकारको कारबाहीबाट हुने परिणामलाई ध्यानमा राख्न पनि कम्पनीहरूलाई भनिएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा पूरा गर्ने लक्ष्य रहेको आयोजना निर्माण कम्पनीहरूको ढिलासुस्तीकै कारण पूरा हुन नपाएको आरोप सरकारी अधिकारीहरूको छ ।
४५ दशमलव २५ किमि लामो पश्चिमी र ५३ किमिको पूर्वी नहरले बाँकेका ४२ हजार हेक्टर जमिनमा सिंचाइका लागि आयोजना निर्माण अघि बढाइएको हो । अहिलेसम्म मूल नहरकै काम पूरा हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]