११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

पप्पु कन्स्ट्रक्सन लगायतका तीनवटा निर्माण कम्पनीमाथि कारवाहीको चेतावनी

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

(महेन्द्र सिंह)                                                        बाँके सिक्टा सिचाइ आयोजनाका बिभिन्न काम प्याकेजमा ठेक्का लिएर सम्झौता अनुसार कार्य सम्पादन नगरेको भन्दै उक्त कम्पनीमाथि कारवाहीको चेतावनी दिएको छ ।
यसका लागि प्रक्रिया अघि बढाइसकेको आयोजनाले बताएको छ । बाँकेमा डेढ दशकदेखि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको २५ अर्बको लागतमा २०६३ देखि निर्माण कार्य थालिएको थियो । तर, निर्माण कम्पनीको लापरवाहीका कारण उक्त आयोजना अहिलेपनि पुरा हुन सकेको छैन् ।
डेढ दशकमा निर्माण प्रगति करिब ७० प्रतिशत पुगेको छ । आयोजनाले शनिबार सूचना जारी गर्दै ठेक्का लिएका कम्पनीले आफ्नो व्यवसायिक ख्याति र सामाजिक प्रतिष्ठाको ख्याल नै नराखी लापरवाही गरेको उल्लेख गरेको छ ।
सात दिनभित्र सम्पर्कमा आउन आयोजनाले काठमाडौंका पप्पु कन्स्ट्रक्सन, बज्रगुरु कन्स्ट्रक्सन र वीरेन्द्रनगरको अमर मजदुर जेभीलाई आग्रह गरेको छ । यदि तोकिएको मसमया समपर्कमा नआएको अवस्थामा कम्पनीलाई कानूनी कारवाहीको प्रक्रिया अघि बढाइने आयोजनाले चेतावनी समेत दिएको छ ।
निर्माण कम्पनीहरूले सम्झौताको सर्तअनुसार काम नगरेको आयोजनाको सूचनामा उल्लेख छ । निर्धारित अवधिभित्र काम पूरा नगरे नेपाल सरकारको कारबाहीबाट हुने परिणामलाई ध्यानमा राख्न पनि कम्पनीहरूलाई भनिएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा पूरा गर्ने लक्ष्य रहेको आयोजना निर्माण कम्पनीहरूको ढिलासुस्तीकै कारण पूरा हुन नपाएको आरोप सरकारी अधिकारीहरूको छ ।
४५ दशमलव २५ किमि लामो पश्चिमी र ५३ किमिको पूर्वी नहरले बाँकेका ४२ हजार हेक्टर जमिनमा सिंचाइका लागि आयोजना निर्माण अघि बढाइएको हो । अहिलेसम्म मूल नहरकै काम पूरा हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

बाँके । नेपाल पत्रकार महासंघ बाँके*को १५औं साधारण सभा उद्घाटन गरिएको छ। उद्घाटन *पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन*ले गरेका हुन्। साधारण सभामा बाँके जिल्लाका पत्रकारहरूको पेसागत हकहित, प्रेस स्वतन्त्रता, मिडियामा देखिएका चुनौती र सङ्गठनको आगामी कार्ययोजनाबारे छलफल हुन्छ। यस्ता साधारण सभाले स्थानीय पत्रकारको समस्या केन्द्रमा पुर्‍याउन र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्छ। बाँके पत्रकार […]

error: Content is protected !!