०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

बाँकेमा कोरोनाबाट अहिलेसम्म ६३ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

महेन्द्र सिंह                                                       नेपाली सेनाको भैरव प्रसाद गणको विषेश टोलीले बाँके बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम संस्कार गरिदै । राँझा । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आइ अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको सङ्ख्या बढ्दो रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका—१५ निवासी ५९ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै बिहान ५ः२५ बजे मृत्यु भएको स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिए । ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि थप उपचारका लागि कात्तिक २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । उनको भेरी अस्पतालको कोभिड आइसियूमा उपचारकै क्रममा मृत्यु भएको हो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!