०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

सवारीसाधन धोएपछि मात्रै काठमाडौं उपत्यकामा इन्ट्री हुने

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

(ABC Sanchar)
काठमाडौं सरकारले काठमाडौं उपत्यका भित्रने सवारी साधनलाई अनिवार्य रुपमा धोएर मात्र प्रवेश दिने तयारी गरेको छ । काठमाडौं उपत्यका बाहिरबाट आउने सवारी साधनमा धुलो मैलो टासिएर आउने र त्यसले शहरमा समेत धुवाँ धुलो थपिएर शहरको सौन्दर्यतामा नै प्रभाव पारेपछि बाहिरबाट आउने निजी तथा सार्वजनिक सवारी साधनलाई धोई पखालेर मात्र उपत्यका भित्र प्रवेश गर्न दिने नियम लागू हुन लागेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले उपत्यका भित्रने सवारी धोएर मात्रै भित्रन पाउने कार्यविधी बनिसकेको जानकारी दिएका छन् । विभागले आगामी १५ मंसिरसम्म त्यसको टेन्डर आह्वान गरिसक्ने जनाएको छ ।
झण्डै वर्ष दिन अघि नै विभागले सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण गर्ने र उपत्यका भित्रने सवारी साधनले अनिवार्य रुपमा धोई पखाली गरेर मात्र छिर्न दिने तयारी गर्दै आएको छ ।
यसअघि नै उक्त नियम कार्यान्वयनमा आइसक्नुपर्नेमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव, लकडाउन तथा निषेधाज्ञा लगायतका कारण ढिलाई हुन गएको हो । नाकामै सवारी साधन धोई पखाली गर्दा उपत्यकामा सवारीसाधनले भित्राउने फोहर कम हुने र शहर सफा र सुन्दर राख्न सहयोग मिल्ने विभागले विश्वास लिएको जनाएको छ ।
विभागले यसअघि नै धादिङको विभिन्न स्थानमा वासिङ सेन्टरका लागि जग्गा खोजी भइरहेको जनाएको थियो ।
काठमाडौं उपत्यकाका सडक हिउँदमा धूलो र वर्षामा हिलोका कारण उपत्यकावासी हैरान हुने गरेका छन् । काठमाडौं महानगरपालिका, ललितपुर मानगरपालिका, सडक विभाग लगायतले सडकको धूलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) समेत सञ्चालन गर्दै आएका छन।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!