२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मंसिर १ गतेदेखि सबै धार्मिक स्थल खोल्ने सरकारको तयारी

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

(ABC Sanchar)
काठमाडौं सरकारले १ मंसिरदेखि सम्पूर्ण धार्मिक गतिविधि खुला गर्ने भएको छ । कोरोना संक्रमणका कारण ११ चैतदेखि बन्द गरिएको धार्मिक गतिविधिलाई ८ महिनापछि खुला गर्न लागेको हो ।
‘काठमाडौंसहित देशैभरको धार्मिक गतिविधि एकैपटक खुलाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने, ‘१ मंसिरदेखि नै धार्मिक क्षेत्रहरू खुलाएर लैजान प्रस्ताव तयार पारिएको छ ।’
पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पर्यटन र धार्मिक दुवै क्षेत्रका गतिविधि खुलाउन प्रस्ताव पठाइसकेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा १ मंसिरदेखि पशुपतिसहित सम्पूर्ण मन्दिर, चर्च, बौद्ध धर्मावलम्बीका गुम्बा, मस्जिदसमेत खुल्नेछन् ।
धार्मिक गुरुहरूले पछिल्लो समय सबै क्षेत्र खुलाउँदासमेत धार्मिक क्षेत्र बन्द राखेको भन्दै खुलाउन माग गर्दै आएका थिए । कोरोनाको जोखिम उच्च रहेको भन्दै नेपालीहरूका ठूला चाडपर्वमा समेत शक्तिपीठहरू सरकारले बन्द गरेको थियो ।
स्वास्थ्य मापदण्ड अपनाएर, सुरक्षित ढंगले अब धार्मिक क्षेत्र खुलाउने र धार्मिक पर्यटकसमेत भिœयाउन पहल गर्नका लागि खोल्न प्रस्ताव गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । सरकारले मंसिरदेखि धार्मिक क्षेत्र खुलाएमा लुम्बिनीसहितका क्षेत्रमा आन्तरिक धार्मिक पर्यटकको गतिविधि बढ्नेछ । धार्मिक गतिविधि खुला भएमा मनकामना केबलकारसमेत सञ्चालनमा आउनेछ ।
यता पशुपति क्षेत्रले मात्रै दैनिक लाखौँ आम्दानी गुमाएको भन्दै मापदण्ड अपनाएर दसैँ अगाडिदेखि नै खोल्न पहल गरेको थियो । नेपालमा पशुपति, मनकामनासहित मुक्तिनाथमा आन्तरिक र बाह्य दुवै पर्यटकहरूको घुइँचो लाग्ने गरेको थियो । धार्मिक क्षेत्र र सीमानाका बन्द हुँदा मानसरोवरमा भारतीय तिर्थालुसमेत जान रोकिएका छन् । नेपालबाट १ लाख ५० हजारभन्दा बढी भारतीयहरू मानसरोवर जाने गरेका थिए ।
कोभिड–१९ को संक्रमणका बीच पछिल्लो महिनामा दैनिक ६२ जना विदेशी पर्यटन नेपाल भ्रमणमा आएका छन् । जुन क्रम बढ्दै गएकाले धार्मिक गतिविधि बढाउनेबित्तिकै देशैभरि चहलपहल र आर्थिक गतिविधि बढ्ने बुझाइ सरकारको छ । सरकारले १ कात्तिकदेखि विदेशी पर्यटकका लागि नेपाल भ्रमणमा आउन खुला गरेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को अक्टोबर महिनामा मात्रै १ हजार ८ सय ७४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । हाल पर्वतारोहण र पदयात्रा मात्रै खुला गरेको सरकारले १ मंसिरदेखि जुनसुकै देशका पर्यटकलाई नेपाल खुला गर्ने र सबै गतिविधि र गन्तव्य खुलाउने तयारी गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]