०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

बाँके सशस्त्र प्रहरीले पक्राउ गर्यो सिमाबाट लाखौंको अवैध सामाग्री पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक २४, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरीले बाँकेका सिमा नाकाबाट दिनहुँ भारतबाट भित्रीदै गरेका अवैध सामाग्री बरामद गर्दै आएको छ। यसैक्रममा सशस्त्र प्रहरीले सोमबार पनि भारतबाट ल्याउदै गरिएका अवैध सामाग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डमा गएको टोलीले सोमबार बिहान ३ बजे नेपालगन्ज वडा नम्बर १५ पिपरा गाउँको सिमानाकाको बाटो भएर ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको हो। सहायक निरीक्षक थारुको कमान्डले ९३ हजार ६ सय रुपैयाँ बराबरको ३१२ थान वेल्ट, ६५ हजार १ सय रुपैयाँ मुल्य बराबरको ९३ पिस ठुलो साईजको जुत्ता र २९ हजार रुपैयाँ बराबरको ११६ पिस सानो साईजको जुत्ता बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सिमामा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ भारतबाट नेपालगन्ज ल्याउदै गरेको अवैध सामाग्री छोडेर तस्करहरु भारततर्फै भागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएका १ लाख ८७ हजार ७ सय रुपैयाँ मुल्यका अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि आजै नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!