२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न सिफारिस

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC Sanchar) काठमाडौं सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले अन्तर्राष्ट्रिय हवाई उद्धार उडान बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सीसीएमसी निर्देशक समितिको आइतबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंका अनुसार विदेशबाट जरुरी उद्धार गर्नुपर्नेको सङ्ख्या लगभग सकिएको जानकारी कूूटनीतिक नियोगबाट प्राप्त भएकाले उद्धार उडान गर्नुनपर्ने निर्णय गरिएको हो । विदेशबाट आउनैपर्ने भएमा नियमित उडानमा समायोजन गर्नेगरी निर्णय गरिएको छ । सरकारले हालसम्म एक लाख ३६ हजार २१६ जनाको उद्धार गरिसकेको छ ।
यस्तै नियमित हवाई उडान खुला गरिएका अतिरिक्त दक्षिण एसिया लगायत अन्य मुलुकमा नियमित हवाई उडान सुरु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरिएको छ । त्यस्तै नेपाल आउन अनुमति पाएका कूूटनीतिक नियोगका कर्मचारी र तिनका परिवारलाई पनि नेपाल आउने अनुमति दिन सिफारिस गर्ने निर्णय गरिएको छ ।
बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल आउजाउ गर्न बैतडीको झुलाघाट नाका थप गर्न सिफारिस गरेको छ । यसअघि १३ वटा अन्तर्राष्ट्रिय प्रवेश विन्दुलाई सरकारले स्वीकृति दिएको थियो । यस्तै केबलकार, जङ्गल सफारी, साहसिक पर्यटन क्षेत्र खुला गर्नसमेत सिफारिस गरिएको छ ।
सचिव गुरागार्इंका अनुसार विदेशमा रहेका नेपालीको शव नेपाल ल्याउनअन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न सिफारिस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!