१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न सिफारिस

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC Sanchar) काठमाडौं सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले अन्तर्राष्ट्रिय हवाई उद्धार उडान बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सीसीएमसी निर्देशक समितिको आइतबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंका अनुसार विदेशबाट जरुरी उद्धार गर्नुपर्नेको सङ्ख्या लगभग सकिएको जानकारी कूूटनीतिक नियोगबाट प्राप्त भएकाले उद्धार उडान गर्नुनपर्ने निर्णय गरिएको हो । विदेशबाट आउनैपर्ने भएमा नियमित उडानमा समायोजन गर्नेगरी निर्णय गरिएको छ । सरकारले हालसम्म एक लाख ३६ हजार २१६ जनाको उद्धार गरिसकेको छ ।
यस्तै नियमित हवाई उडान खुला गरिएका अतिरिक्त दक्षिण एसिया लगायत अन्य मुलुकमा नियमित हवाई उडान सुरु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरिएको छ । त्यस्तै नेपाल आउन अनुमति पाएका कूूटनीतिक नियोगका कर्मचारी र तिनका परिवारलाई पनि नेपाल आउने अनुमति दिन सिफारिस गर्ने निर्णय गरिएको छ ।
बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल आउजाउ गर्न बैतडीको झुलाघाट नाका थप गर्न सिफारिस गरेको छ । यसअघि १३ वटा अन्तर्राष्ट्रिय प्रवेश विन्दुलाई सरकारले स्वीकृति दिएको थियो । यस्तै केबलकार, जङ्गल सफारी, साहसिक पर्यटन क्षेत्र खुला गर्नसमेत सिफारिस गरिएको छ ।
सचिव गुरागार्इंका अनुसार विदेशमा रहेका नेपालीको शव नेपाल ल्याउनअन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न सिफारिस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!