०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

तिहार नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरु आकाशियो

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC Sanchar) काठमाडौं पछिल्ला दिनमा बजारमा अत्यावश्यक उनेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै दैनिक उपभोग्य वस्तु आकाशिएको छ । पछिल्ला दिनमा बजारमा अत्यावश्यक उपभोग्य वस्तु चिनी, तेल, गेडागुडीको भाउ बढेको हो । सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावकारी नहुँदा खाद्यवस्तुको भाउ महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावकारी नहुँदा खाद्यवस्तुको भाउ महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा गेडागुडी र तेलको भाउ महँगो भएको छ भने पछिल्लो साता चिनीको भाउ महँगो भएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्ला दिनमा प्रतिकेजी चिनी १० रुपियाँसम्म महँगो भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकेजी ८० रुपियाँमा किनबेच भएको चिनी बढेर ९० रुपियाँ पुगेको छ । पछिल्लो महिना गेडागुडी प्रतिकेजी २० रुपियाँ र तेलको भाउ प्रतिलिर २० रुपियाँसम्म महँगो भएको सङ्घले जनाएको छ ।
भाउ बढ्नुको कारण खोज्दा पाइँदैन । पैसा महँगो तिर्नु परेको छ तर बिल पुरानै मूल्यको काट्छन् । साना खुद्रा व्यापारी जहिले पनि मर्कामा परेका छौँ, सङ्घका अध्यक्ष श्रेष्ठले थप्नुभयो ।
उपभोक्ता अधिकारकर्र्मी ज्योति बानियाँले बजार अनुगमन गर्ने निकायको कमीभन्दा पनि यी निकायले बजारमा बसाउनुपर्ने प्रणालीको विकास गर्न नसक्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभयो ।
सङ्घीय संसद्अन्तर्गतको उपभोक्ता समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकारलगायतका एक दर्जनभन्दा बढीले बजारको नियमित अनुगमन गरेको दाबी गरेका छन् तर खै त प्रभावकारिता ? उहाँले प्रश्न गर्नुभयो ।
सङ्घीय सरकारले कानुन बनाउने र त्यसको कार्यान्वयन हेर्ने, निर्देशन दिने र स्थानीय सरकार आ–आफ्नो क्षेत्रमा उत्पादन, मौज्दात, खाद्य आपूर्ति र खपतको अवस्थाको तथ्याङ्क हुने हो भने अहिलेजस्तो चाडपर्व आउँदा सामानको भाउ मनपरी बढ्ने समस्या हुँदैन । बजारमा प्रणालीको विकास गर्न नसक्दा समस्या भएको हो, अधिकारकर्मी बानियाँले थप्नुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पछिल्ला केही दिनदेखि तिहार बजार लक्षित गरेर नियमित भइरहेको र महँगो मूल्य, गुणस्तरहीन सामान बिक्री गर्नेलाई कारबाही भएको जानकारी दिनुभयो । अरू बेलाभन्दा चाडपर्वमा कारोबार पनि धेरै हुने र उपभोक्ता ठगिने सम्भावना पनि बढी हुने भएकाले त्यसैअनुसार अनुगमन हुँदै आएको उहाँको दाबी छ ।
यता काठमाडौँ महानगरपालिकाले पनि सोमबारदेखि तिहार लक्षित बजार अनुगमन गर्ने जनाएको छ । महानगरका कृषि तथा उपभोक्ता संरक्षण विभाग प्रमुख हरिबहादुर भण्डारीले तिहारमा कारोबार हुने भाइमसलादेखि फूलको माला, बिजुलीलगायत गुणस्तर र मूल्यको अनुगमन गरिने जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य […]

काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो। प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार सबै कार्यालयमा परिपत्र पुगेको छ। ‘आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको हो,’ […]

error: Content is protected !!