३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

तिहार नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरु आकाशियो

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC Sanchar) काठमाडौं पछिल्ला दिनमा बजारमा अत्यावश्यक उनेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै दैनिक उपभोग्य वस्तु आकाशिएको छ । पछिल्ला दिनमा बजारमा अत्यावश्यक उपभोग्य वस्तु चिनी, तेल, गेडागुडीको भाउ बढेको हो । सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावकारी नहुँदा खाद्यवस्तुको भाउ महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावकारी नहुँदा खाद्यवस्तुको भाउ महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा गेडागुडी र तेलको भाउ महँगो भएको छ भने पछिल्लो साता चिनीको भाउ महँगो भएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्ला दिनमा प्रतिकेजी चिनी १० रुपियाँसम्म महँगो भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकेजी ८० रुपियाँमा किनबेच भएको चिनी बढेर ९० रुपियाँ पुगेको छ । पछिल्लो महिना गेडागुडी प्रतिकेजी २० रुपियाँ र तेलको भाउ प्रतिलिर २० रुपियाँसम्म महँगो भएको सङ्घले जनाएको छ ।
भाउ बढ्नुको कारण खोज्दा पाइँदैन । पैसा महँगो तिर्नु परेको छ तर बिल पुरानै मूल्यको काट्छन् । साना खुद्रा व्यापारी जहिले पनि मर्कामा परेका छौँ, सङ्घका अध्यक्ष श्रेष्ठले थप्नुभयो ।
उपभोक्ता अधिकारकर्र्मी ज्योति बानियाँले बजार अनुगमन गर्ने निकायको कमीभन्दा पनि यी निकायले बजारमा बसाउनुपर्ने प्रणालीको विकास गर्न नसक्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभयो ।
सङ्घीय संसद्अन्तर्गतको उपभोक्ता समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकारलगायतका एक दर्जनभन्दा बढीले बजारको नियमित अनुगमन गरेको दाबी गरेका छन् तर खै त प्रभावकारिता ? उहाँले प्रश्न गर्नुभयो ।
सङ्घीय सरकारले कानुन बनाउने र त्यसको कार्यान्वयन हेर्ने, निर्देशन दिने र स्थानीय सरकार आ–आफ्नो क्षेत्रमा उत्पादन, मौज्दात, खाद्य आपूर्ति र खपतको अवस्थाको तथ्याङ्क हुने हो भने अहिलेजस्तो चाडपर्व आउँदा सामानको भाउ मनपरी बढ्ने समस्या हुँदैन । बजारमा प्रणालीको विकास गर्न नसक्दा समस्या भएको हो, अधिकारकर्मी बानियाँले थप्नुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पछिल्ला केही दिनदेखि तिहार बजार लक्षित गरेर नियमित भइरहेको र महँगो मूल्य, गुणस्तरहीन सामान बिक्री गर्नेलाई कारबाही भएको जानकारी दिनुभयो । अरू बेलाभन्दा चाडपर्वमा कारोबार पनि धेरै हुने र उपभोक्ता ठगिने सम्भावना पनि बढी हुने भएकाले त्यसैअनुसार अनुगमन हुँदै आएको उहाँको दाबी छ ।
यता काठमाडौँ महानगरपालिकाले पनि सोमबारदेखि तिहार लक्षित बजार अनुगमन गर्ने जनाएको छ । महानगरका कृषि तथा उपभोक्ता संरक्षण विभाग प्रमुख हरिबहादुर भण्डारीले तिहारमा कारोबार हुने भाइमसलादेखि फूलको माला, बिजुलीलगायत गुणस्तर र मूल्यको अनुगमन गरिने जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!