२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

गृहमन्त्रालयले देउसी भैलोबाट हुने सङक्रमण र पटका नियन्त्रण गर्न निर्देशन

Logo
प्रकाशित बुधबार, कार्तिक २६, २०७७

(ABC क्राईमबिट) काठमाडौं उपत्यकाका तीन ओटा जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायको भर्चुअल बैठकले तिहार, नेपाल सम्वत्, छठलगायतका पर्वहरुमा हुनसक्ने सुरक्षा सावधानी तथा स्वास्थ्य सावधानी बारे निर्णय गर्ने भएको छ । बुधबार बस्ने बैठकबाट चाडपर्वहरुमा भिडभाड कम गर्न र स्वास्थ्य सुरक्षा कसरी अपनाउने भनेर निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । ‘हामीले सुरक्षा योजना, कोभिडको सर्तकर्तासँगै चाडपर्वमा लक्षित योजना बनाउने बिषयमा भर्चुअल बैठकबाट निर्णय गर्नेछांै’ उहाँले भन्नुभयो । ‘हामी बैठक लगत्तै बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नेछांै’ उहाँले थप्नुभयो । बैठकमा सबै निकायबाट प्रतिनिधित्व हुने भएकाले सबैको राय सुझावको आधारमा निर्णय हुने उहाँले बताउनुभयो गृह मन्त्रालयले देशका सबै जिल्लाहरुमा र कोभिडको अत्याधिक संक्रमण देखिएको काठमाडौं उपत्यकाका तीनओटा जिल्लाका जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा स्वास्थ्यकर्मीलाई चाडपर्वमा सुरक्षा सर्तकर्ता अपनाउन निर्देशन दिइसकेको छ । चाडपर्व पनि मनाउने र कोभिडको जोखिम समेत बढ्न नदिन काम थाल्न गृह मन्त्रालयले निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ठूला पर्वहरु हाम्रो आँगनमा आएको र कोभिडको समेत अत्याधिक जोखिम बढेकाले त्यसबाट कसरी बच्ने र आम नागरिकहरुलाई जोगाउन सकिन्छ भनेर सुरक्षा योजना बनाउन प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी तथा सुरक्षा निकायलाई निर्देशन दिएको बताउनुभयो । उहाँले तिहारमा एकातिर कोभिडको जोखिम र अर्कोतिर जुवातास, पटका र भुइचम्पाले असर पार्ने भएकाले त्यस्तो कार्य रोक्न निर्देशन भैसकेको बताउनुभयो । उहाँका अनुसार धेरै जिल्लाहरुले सुरक्षा योजना बनाएर काम सुरु गरेको बताउनुभयो । कोभिडको अत्याधिक जोखिम भएकाले देउसी र भैलो पाउने नपाउने नियमको कार्यान्वयन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने उहाँले स्पष्ट पार्नुभयो । पटका पड्काउने, भुइचम्पा बाल्ने , जुवातास खेल्न कार्य गरेको पाइएमा तत्कालै कारवाही गरिने प्रवक्ता बुढाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]