०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

बाँकेको भेरी गेष्ट हाउस कोठामा लागुऔषधी अफिम पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक २६, २०७७

महेन्द्र सिंह                                                     जाजरकोटका जयबहादुर सिंह र वीरेन्द्रमान सिंह ।
सिंहद्वय ग्राहक खोज्दै कोहलपुरसम्म आइपुगेका थिए । उनीहरुको साथमा लागु औषधी अफिम थियो । नराम्रो कामको राम्रो नतिजा कहाँ आउँथ्यो र ? सिंहद्वय प्रहरी फन्दामा परे ।
लागु औषध नियन्त्रण ब्यूरोको टोलीले सिंहद्वयलाई होटलबाट अफिमसहित पक्राउ गरेको छ । घटना मंगलबार ५ बजे पछिको हो ।
ब्यूरोको टोलीले सिंहद्वयलाई अफिमसहित पक्राउ गरेर बाँके प्रहरीलाई बुझाएको छ । पछिल्लो केही दिनयता ब्यूरोको टोलीले लागु औषधी अफिम र चरेश धमाधम पक्राउ गरिरहेको छ । खजुरा गाउँपालिकाको वडा नं. ८ बाट दश किलो चार सय ग्राम अफिम, कुसुमबाट तीन किलो अफिम ब्यूरोको टोलीले समातिसकेको छ ।
ब्यूरोको टोलीले लागु औषधी कारोबारीको भित्रसम्म पुगेको यी घटनाहरुले देखाएका छन् । पहाडी जिल्लाको माथिल्लो भागमा उत्पादन हुने अफिम र चरेश ढिलोचाडो बाँके आइपुग्ने गर्दछ । चरेश र अफिमको कारोबार बाँके हुँदै भारततिर हुने बताइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!