०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा २ गतेदेखि (निषेधाज्ञा) तिहारमा भीडभाड कम गर्न सिडियो आचार्यको अनुरोध

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

(सागर थापा)                                                      जिल्ला प्रशासन कार्यालय दाङले तिहारमा अनाबश्यक भीडभाड कम गर्न निषेधाज्ञा तिहारमा लागु गरेको छ ।
दाङ जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेकाले जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना जारी गरेर निषेधज्ञा मंसीर २ गतेदेखि ६ गतेसम्मका लागि थप गरेको दाङका प्रमुख जिल्ला अधिकारी जयनायारण आचार्यले बताउनुभयो ।‘यो निषेधाज्ञा भनेको तिहारमा देउसी भैलो अनाबश्यक भीडभाड नहोस् भन्ने नै हो चाडपर्वमा धेरै भीडभाड हुन्छ, मन्दिर जाने, तिहारमा झन देउसी भैलो खेल्ने चलन छ’ प्रमुख जिल्ला अधिकारी आचार्यले यस बर्ष यस्ता गतिबिधि गर्न नपाईने गरि निषेधाज्ञा जारी गरेको हो । अनाबश्यक भीडभाड तथा सामाजिक दुरी, स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूरा गर्न प्रशासनले अनुरोध समेत गरेको छ । निषेधाज्ञा भएपनि यातायात, व्यबसाय सबै खुल्ने छन् । मठमन्दिर चर्च खुल्ने छैनन् । साथै तिहार घरमै एकै परिवारमा मनाउन दाङ जिल्ला बासीलाई अनुरोध समेत गरेको दाङका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!