१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

दाङ प्रहरीले अफिम र चितुवाको छालासहित २ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

सागर थापा
जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका ८ बनगाउँबाट ३ किलो ७ सय ५० ग्राम अवैध लागूऔषध अफिम र ६ फिट ११ ईन्च लम्बाई भएको १ थान चितुवाको छाला सहित दुईजनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय मधु डाँगी र प्युठान नौवहिनी गाउँपालिका-५ बस्ने २७ वर्षीय धनसिंह टमटा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध र छाला सहित फेला पारी पक्राउ गरेको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]