३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति पत्रकार आशिष केसीको गम्भीर आपत्ति,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, चैत्र ०१, २०८२

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, पद्धति र लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गर्दै एकलौटी ढंगले कार्यसमिति चयन गरिएको छ ।

केन्द्रीय अध्यक्ष समिर बलामीको उपस्थितिमा केन्द्रीय सदस्य, प्रदेश कमिटी संयोजक, जिल्ला अध्यक्ष, जिल्लाका सल्लाहकारहरु, दाङ जिल्ला संस्थापक उपाध्यक्ष र आफुलाई वरिष्ठ पत्रकार मान्ने केही सिमित मान्छेहरुको समूहले संस्थाको विधान र लोकतान्त्रिक प्रक्रियालाई मिचेर कार्यसमिति टुङ्ग्याउने निर्णय गरेका छन् ।

चलचित्र पत्रकार सङ्घको निर्वाचन प्रक्रिया र संस्थागत विधिलाई बेवास्ता गर्दै गरिएको यस्तो निर्णय अवैधानिक मात्र होइन, संस्थाको गरिमा र विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न उठाएको छ ।

यसअघि कार्यसमिति चयन गर्दा ‘विधि र पद्धति’को कुरा गर्दै केही पदहरू निर्वाचनबाट चयन गरिएको थियो । तर यस पटक भने केही मान्छेहरूले हचुवाको भरमा कार्यसमिति टुङ्ग्याउने काम गरेका छन्, जुन अत्यन्तै दुःखद र आपत्तिजनक छ ।

मलाई कुनै पदको लोभ छैन । तर कम्तीमा सहमतिको वातावरण बनाइएन, न त लोकतान्त्रिक पद्धति अवलम्बन गरियो । जबरजस्ती पेलेर निर्णय गरिनु संस्थाको हितमा होइन भन्ने मेरो ठम्याइ हो ।

कुनै पनि संस्थाको सुन्दरता त्यसको विधि, पद्धति र पारदर्शितामा निर्भर हुन्छ । जहाँ अनुभव र क्षमताको कदर हुँदैन, जहाँ विधि र पद्धतिलाई लत्याउँदै व्यक्तिगत स्वार्थका आधारमा निर्णय गरिन्छ, त्यस्तो संस्थामा रहनुको कुनै अर्थ रहँदैन ।

यसै कारण आजको मितिदेखि म चलचित्र पत्रकार सङ्घ दाङको साधारण सदस्य समेत नरहेको जानकारी सम्पूर्णमा गराउँदछु । म लगायत केही सदस्य पदमा गरिएको अन्यायपूर्ण निर्णयप्रति म लगायतका साथीहरुको गम्भीर असहमति रहिरहनेछ ।

चलचित्र क्षेत्रको विकास र प्रबर्द्धनका लागी निरन्तर सक्रिय रहने प्रण गर्दै सधैं सत्य, न्याय र विधि–पद्धतिको पक्षमा उभिने प्रतिबद्धता सहित यो धारणा सार्वजनिक गरेको हुँ । धन्यवाद

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!