खोटाङ । काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।
खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा शव बोकेको हेलिकोप्टर दुर्घटनामा परेको छ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा मानवीय क्षती नभएको जानकारी दिइन्।
गाउँपालिका अध्यक्ष समिर राईका अनुसार हेलिकोप्टर बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो।
४ चैत, खोटाङ । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ ।
केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।
दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।