२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

काठमाडौं कलंकीमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

(ABC क्राईमबिट)
काठमाडौंको कलंकीमा आज बिहानै रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।
मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराका अनुसार नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन ।
दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]