१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

सरकारको कडा निर्देशन पछी बाँकेमा सशस्त्र प्रहरीद्वारा दैनिक लाखौंको अबैध समानहरु पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ०४, २०८३

बाँके । नेपालगन्जको जमुनाहा नाकामा कडाई गरेको सशस्त्र प्रहरीले बाँकेका विभिन्न सहायक नाकामा पनि उत्तिकै कडाई गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३० गण हेडक्वार्टर बागेश्वरीको एसपी भीमबहादुर चन्दले
कमाण्ड सम्हालेपछि सशस्त्र प्रहरीले अवैध सामान धमाधम बरामद गर्न थालेको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याउन लागेको सामानमा समेत कडाई गरेको सशस्त्र प्रहरीले तस्करी भइरहेका सामान धमाधम नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयलाई बुझाउँदै आएको छ ।

अवैध सामान नियन्त्रण गर्न खरो रुपमा उत्रिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर वागेश्वरी र मातहतका विओपीहरुले  विहीवार चार लाख १२ हजार ३०५ रुपियाँ बराबरको अवैध सामान बरामद गरि नेपालगन्ज भन्सार कार्यालयलाई बुझाएको छ ।

अवैध रुपमा भारतबाट ल्याउँदै गरेको सामान बरामद गर्दै आएको सशस्त्र प्रहरीले विहीवार लत्ताकपडा, किरानाका सामान, इलेक्ट्रोनिक्स र ब्रोइलर कुखुरा बरामद गरेको हो ।

सरकारको नीति कार्यान्वयनलाई तदारुकताका साथ लागू गर्न एसपी चन्दले मातहतका विओपीलाई कडा निर्देशन दिएपछि भारतबाट अवैध रुपमा भित्रिने सामान धमाधम बरामद हुन थालेको एक सशस्त्र प्रहरी अधिकृतले बताए । ‘भारतबाट अवैध रुपमा सामान भित्रिन नदिन कडा रुपमा लाग्न गृह मन्त्रालयको निर्देशन छ । सोही निर्देशन बमोजिम जिल्लामा लाग्न एसपी चन्द सावले मातहतका विओपीलाई कडा निर्देशन छ,’ ति सशस्त्र प्रहरी अधिकृतले भने ।

काम गर्ने इच्छाशक्ति भए परिणाम ल्याउन सकिन्छ भन्ने उदाहरण सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर वागेश्वरीका गणपति एसपी चन्दले देखाएका छन् । उनी यहाँ आएपछि तस्करहरुको भागाभाग भएको छ नै राजस्वमा समेत बृद्धि भएको छ । ‘तस्करी रोकिने वित्तिकै राजस्व बढ्नै नै भयो,’ ति सशस्त्र प्रहरी अधिकृतले भने, ‘भन्सार शुल्क लिएर मात्र सामान ल्याउन दिने नियमले नेपालगन्ज भन्सार कार्यालयको राजस्व बृद्धि भएको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!