०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बालबालिकाको अधिकार रक्षा सबैको दायित्व हुनुपर्नेमा जोड

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

(तेज वली)
तुल्सीपुर बालबालिकाको अधिकार रक्षाका लागि सामाजिक रुपमा सबैले विशेष भुमिका खेल्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । बालबालिकाको अधिकार रक्षासँगै उनीहरुलाई सही ढँगले मार्ग निर्देश गर्नुपर्ने आवश्यकता रहेको पनि उनीहरुको भनाई थियो ।
तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख शिव वहादुर सिंहले आपराधिक कार्यमा बालबालिकाहरुको प्रयोग हुने गरेको वताउँदै उनीहरुलाई मानसिक ढँगले समेत उपचार गर्नुपर्ने आवश्यकता रहेको वताए । ‘आज पनि लहलहैमा केयौ बालबालिकाहरु अपराधमा लागिरहेका छन् , यसमा पनि हामी गम्भिर भएर लाग्नुपर्दछ’ उनले भने । इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख जनक भण्डारीले बालविवाह र बालश्रम जस्ता समस्या अझै समाजमा व्याप्त रहेको कुरा वताए । तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले भोलिको समाजलाई राम्रो वनाउनका लागि आज बालबालिकाहरुलाई उपयुक्त वातावरण दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बालरोग विशेषज्ञ डा. किशोर खत्रीले बालबालिकाको स्वास्थ्य समस्याका बारेमा गम्भिर हुनुपर्ने वताए । सानोमा राम्रोसँग स्याहार नगर्दा भविष्यमा ठूला खालका समस्या देखिने गरेको उनको भनाई थियो ।
स्थानीय बाल अधिकार समितिका अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै उनले बालअधिकारको कुरा स्थानीय सरकारको विशेष सरोकार भएको भन्दै सबै मिलेर काम गरेका ठोस निष्कर्श आउने कुरामा जोड दिए । कार्यक्रममा गैरसरकारी संस्था महासंघकी नानीमैया वली, न्यायिक समिति सदस्य यमुना परियार, शिक्षा महाशाखा अधिकृत चक्र भण्डारी ,शाखा अधिकृत माया श्रेष्ठ लगायतले सुझाव राखेका थिए । कार्यक्रममा शाखा प्रमुख विष्णु आचार्यले समिति गठनको अवधारणाका बारेमा सुझाव दिएक िथिइन् ।
स्थानीय बाल अधिकार समिति गठन
तुलसीपुर उपमहानगरपालिकाको ९५ औ कार्यपालिकाको बैठकले वडाध्यक्ष नवराज लामिछानेलाई स्थानीय बाल अधिकार समितिको अध्यक्ष चयन गरेको थियो । यसैगरी स्थानीय सरोकारवाला सबै संस्थालाई समेटेर समितिलाई पूर्णता दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!