१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

चल्दै गरेको बसमा एक्कासी आगलागी हुँदा बस खरानी

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

(सागर थापा)
दाङको देउखुरी जुरौनीमा चल्दै गरेको बसमा एक्कासी आँगलागी हुदा बस खरानी भएको छ । उक्त बसमा आगलागी हुदा लाखाँैको क्षती भएको छ । पोखरा हुदैँ तुलसीपुर जाँदै गरेको ना ५ ख ३६६ नम्बरको बसमा एकासी आगलागी भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिनुभएको छ । भालुवाङ प्रहरी निरिक्षक भट्टका अनुसार आगलागीका कारण बस पूर्णरुपमा जलेर खरानी भएको छ । आँगलागी भएको बसमा २३ जना यात्रु सवार रहेका थिए । सबै यात्रु सकुसल छन् । बसमा के कारणले आगो लाग्यो भन्ने बारेमा पुष्टी हुन नसकेको प्रहरी निरिक्षक भट्ट्ले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]