०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पोखरामा नेगेटिभ रिपोर्ट कुर्दाकुर्दै महिना दिन आइसोलेसनमा भर्ना

Logo
प्रकाशित शुक्रबार, कार्तिक २८, २०७७

(ABC Sanchar)
काठमाडौं कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका-५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे। सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो। एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका लागि भने ३२ दिन कुर्नुपर्यो।
सुरुका दिनमा जस्तो अप्ठेरो नभए पनि उनले घरबाट निस्कन पाएनन्। ‘म निको भइसकेको थिएँ। स्वास्थ्यकर्मीले १४ दिनपछि अरूलाई संक्रमण सर्दैन भनिरहेका पनि थिए,’ उनले भने, ‘तर समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएकाले मैले एक महिना घरभित्रै बस्नुपर्यो।’
स्वास्थ्यकर्मीका अनुसार संक्रमण पुष्टि भएको १४ दिनपछि कुनै समस्या नहुनेले पुनः परीक्षण गराउनुपर्दैन। संघीय र प्रदेश सरकारले स्वास्थ्यमा समस्या नभएका व्यक्तिले १४ दिनपछि परीक्षण गर्नुनपर्नेगरी छुटकारा पाउने निर्णय गरिसकेको छ। तर नेगेटिभ रिपोर्टको पर्खाइमा एक महिनाभन्दा बढी समय घरभित्रै थुनिएर बस्नुपर्ने बाध्यता छ। नेगेटिभ रिपोर्ट नआएसम्म समाजले सहज रुपमा हेर्दैन।
‘समाजले कोरोना संक्रमितलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेगेटिभ रिपोर्ट नआएसम्म म अझै संक्रमित नै हुँ भन्ने मानसिकता हाबी हुने रहेछ। संक्रमण भएको समाजले थाहा नपाए त केही समस्या भएन तर थाहा पाइसकेको अवस्थामा नेगेटिभ रिपोर्टबारे चासो हुने रहेछ,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट आयो कि आएन भनेर छिमेकीहरू बारम्बार एकअर्कासँग कानेखुसी गर्छन्। समाजकै त्रासका कारण पनि नेगेटिभ रिपोर्ट कुर्नुको विकल्प छैन।’ उनका अनुसार संक्रमण सार्वजनिक नगरी गुपचुप बस्दा पनि खोजी हुने रहेछ।नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!