०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

जमुनाहा नाका हुदै दैनिक नेपाल बाहिरिने र भित्रिने क्रम बढेयो

Logo
प्रकाशित शुक्रबार, कार्तिक २८, २०७७

(महेन्द्र सिंह)
बाँके लकडाउन लागेको ७ महिना बढि हुदा पनि संचालनमा आउन नसकेको नेपालगन्ज रुपैडिहा भन्सार नाका हुदै दैनिक १ हजारको हाराहारीमा नेपाल वाहिर नेपालीहरु कामको सिलसिलामा जाने गरेको प्रहरीको तथ्याङकले देखाएको छ ।
नेपाल वाहिर जाने र आउने पनि उत्तिकै संख्यामा रहेको जमुनाहा प्रहरीले जनाएको छ ।
चैत्र ११ गते लकडाउन भएयता नेपालगन्जको जमुनाहा नाकाबाट हालसम्म करिव एक लाख नेपालीहरु नेपाल भित्रिएका छन । ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार हालसम्म एकलाख बढि नेपाली भित्रिएका छन भने करिव ४९ हजार भारतीय नागरिकहरु भारत फर्केका छन ।
कोरोना महामारीकै बिच १३ हजार नेपालीहरु रोजगारीका लागि भारत गएको प्रहरीको तथ्याँकमा छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीका अनुसार तिहार नजिकिदै गरेको अवस्थामा समेत दैनिक करिव एक हजार जना नेपालीहरु भारत जाने गरेका छन ।
नेपालगन्जको जमुनाहा नाकाबाट साविकको मध्य तथा सुदुरपश्चिमका विभिन्न जिल्लाबाट नेपालीहरु जाने आउने गरेका छन ।
पछिल्लो समय भारतले निर्वाध रुपमा आउन जान दिएपछि नेपालीहरु घर फर्किने र कामका लागि भारत जानेक्रम बढेको हो जमुना प्रहरी प्रमुख गिरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर […]

error: Content is protected !!