१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

बाख्राको मासु बिक्री गर्ने पसललाई ५० हजार जरिवाना र (सिल)

Logo
प्रकाशित शनिबार, कार्तिक २९, २०७७

(महेन्द्र सिंह)
नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले नेपालगञ्जमा रहेका मासु पसलको शुक्रबार अनुगमन गरेको छ । अनुगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । यसैगरी बिना अनुमति पसल सञ्चालन गरेको पाइएको छ ।
अनुगमन टोलीले नेपालगञ्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिवाना सहित बन्द गराएको छ । वाणिज्य कार्यालयले जरिबाना गराएको हो । सो पसलमा बाख्राको मासुलाई खसीको भन्दै बिक्री गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रीका लागि राखिएको पाइएको नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पसलबाट खाना अयोग्य ३५ किलो मासुर ९ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ । पसलमा राखिएका चारवटा बाख्रा समेत टोलीले नियन्त्रणमा लिएको छ ।
फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्री बितरण भएको पाइएकाले दर्ता नहुँदासम्म ब्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको छ । अनुगमन टोलीमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, खाद्य प्रविधि कार्यालयका विवेकुकमार सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातकुमारी ठकुरी, नेपालगञ्ज उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीलगायतको सहभागिता रहेको थियो ।
उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बजार अनुगमनसँगै उपभोक्ता सचेतनामा पनि जोड दिन अभियान सञ्चालन गरिने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

error: Content is protected !!