०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

गृह मन्त्रालयले देशभरका क्रसर उद्योगको अनुगमन गर्न निर्देशन

Logo
प्रकाशित शनिबार, कार्तिक २९, २०७७

ABC (क्राईमबिट)
काठमाडौं गृह मन्त्रालयले देशभरका अवैध रुपमा संचालित क्रसर उद्योगहरुको अनुगमन गर्न निर्देशन गरेको छ । जिल्लाका सरोकारवालाहरुको घोराहीमा बसेको बैठकले निर्णय गर्दै जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योग तथा प्रशोधन क्रसर उद्यागको विवरण र मापदण्ड बारे अनुगमन गरिने जिल्ला समन्वय समितीका संयोजक जितेन्द्रमान नेपालीले बताए ।
गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लामा पत्राचार गदै मापदण्ड विपरित क्रसर उद्योग सन्चालन भए/नभएको बारेमा अनुगमन गरी एक हप्ता भित्र पेश गर्न निर्देशन दिएको छ । शनिवार राप्ती र गढवामा अनुगमन हुने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभएको छ । वन नापी र प्रहरीसहितको स्थलगत टाेलिले अनुगमनका क्रममा अबैध देखिए क्रसर र बालुवा प्रसोधन बन्द हुने प्रजिअ आचार्यले बताए ।
जिल्लाको तथ्याङक अनुसार हाल १२ वटा क्रसर उद्योग दर्ता भएकोमा २ वटा निष्क्रिय रहेका छन् भने १० वटा सन्चालन रहेको पाईएको छ । यस्तैगरी २४ वटा बालुवा प्रशोधन उद्योग रहेको बताईएको छ । दाङमा मापदण्ड विपरित क्रसर संचालनमा आएको भन्दै गएको साउनमा ८६ वटा क्रसर उद्योगका विरुद्ध उच्च अदालत तुलसीपुरमा घोराही १३ निबासी प्रेम बुढाको रिट निवेदन समेत परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!