०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

खोलामा गाडिएको शिशुको जिवितै उद्धार

Logo
प्रकाशित शनिबार, कार्तिक २९, २०७७

ABC (क्राईमबिट)
सप्तरी बोदे बरसाईन नगरपालिका ५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा एक नवजात शिशु जिवित फेला परेको छ।
टाउकोदेखि पेटसम्मको भाग बालुवामा गाडिएको अवस्थामा शिशु फेला परेको प्रहरीले जानकारी दिएको छ। स्थानीयले खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारका लागि शिशुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको छ। राजविराज अस्पतालले प्राथमिक उपचार पश्चात रेफर गरेपछि आज साँझ शिशुलाई उपचारार्थ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालको प्रहरी बिटका प्रहरी हवल्दार रामशङ्कर यादवले जानकारी दिए।
स्थानीयले शिशुबारे जानकारी गराएसँगै घटनास्थल पुगेको प्रहरी टोलीले शिशुलाई बालुवाबाट निकाली उद्धार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अयोधिशरण यादवले जानकारी दिए। प्रहरी नायब निरीक्षक यादवले शिशु कसले फालेको भनेर अनुसन्धान भइरहेको बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!