११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

यातायातले स्मार्ट लाइसेन्सको लागि १४ लाख कार्ड खरिद गरिँदै

Logo
प्रकाशित शनिबार, कार्तिक २९, २०७७

(ABC Sanchar)
काठमाडौं यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ।
सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनाम मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए।
उनका अनुसार विभागले दुई वर्ष पहिले करिब १० लाख कार्ड खरिद गरेपछि यो वर्ष खरिद प्रक्रिया अघि बढाएको हो।अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ।
ठेक्का सम्झौता भएपछि तीन महिना भित्रमा कार्ड ल्याउने उनले बताए। अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ।
विभागले गत चैतदेखि असोज मसान्तसम्ममा करिब १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो। अब सेवाग्रहीले कार्ड पाउने सहज हुने अपेक्षा गरिएको छ।
सरकारले गत चैतमा कोभिड–१९ को नियन्त्रणका लागि बन्दाबन्दी गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन्।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!