२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

६ लाख भन्दा बढी नक्कली नोट सहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(ABC क्राईमबिट)
सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट नक्कली नोट छाप्दै गरेको अवस्थामा तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा सिरहाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय छन्। विशेष सुचनाको आधारमा नक्कली नोट छाप्ने कार्य गरीरहेको थाहा पाएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश क्याम्प गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो। केही दिन अघि देखि सो ठाउँमा डेरागरी बसेका उनीहरुलाई नक्कली नोट छापिरहेको अबस्थामा फेला पारिएको एपीएफले जनाएको छ। एपीएफ टोलीले एक हजारको नक्कली नेपालि नोट ६ लाख ८४ हजार,HP कम्पनीको ल्यापटप थान-१,कयानन कम्पनीको प्रिन्टर थान-१ ,प्लाष्टिकको फोल्डिङग सानो टेबल थान-१,स्केल स्टिलको थान-३,कैची थान-२,मोटरसाईकल थान-१ सहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यलय गोलबजारमा बुझाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]