२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

६ लाख भन्दा बढी नक्कली नोट सहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(ABC क्राईमबिट)
सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट नक्कली नोट छाप्दै गरेको अवस्थामा तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा सिरहाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय छन्। विशेष सुचनाको आधारमा नक्कली नोट छाप्ने कार्य गरीरहेको थाहा पाएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश क्याम्प गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो। केही दिन अघि देखि सो ठाउँमा डेरागरी बसेका उनीहरुलाई नक्कली नोट छापिरहेको अबस्थामा फेला पारिएको एपीएफले जनाएको छ। एपीएफ टोलीले एक हजारको नक्कली नेपालि नोट ६ लाख ८४ हजार,HP कम्पनीको ल्यापटप थान-१,कयानन कम्पनीको प्रिन्टर थान-१ ,प्लाष्टिकको फोल्डिङग सानो टेबल थान-१,स्केल स्टिलको थान-३,कैची थान-२,मोटरसाईकल थान-१ सहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यलय गोलबजारमा बुझाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!