०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

नेपाल प्रहरी आईजिपीको १२ बुँदे निर्देशन ७७ जिल्लाकै प्रहरीलाई

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

ABC (क्राईमबिट)
अपराध अनुसन्धानलाई विवादरहित र प्रमाणमुखी बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले ७७ जिल्लाकै एकाइलाई १२ बुँदे निर्देशन दिएका छन् । अनलाइन बैठकमार्फत बिहीबार उनले यस्तो निर्देशन दिएका हुन् ।
उनको पहिलो निर्देशन जाहेरी दर्तासम्बन्धी छ । प्रहरीले जाहेरी दर्ता नगर्दा विवाद हुने गरेको छ । ‘प्रहरीले जाहेरी दर्ता गर्दैन भन्ने आरोप यदाकदा सुन्नमा आएकोले आइन्दा जाहेरी दर्ता गरी कारबाही अगाडि बढाउनेतर्फ क्रियाशील रहन’ उनले निर्देशन दिएका छन् । पछिल्लोपटक वीरगन्जमा नेकपा कार्यकर्ताको हत्या अनुसन्धानमा प्रहरीले जाहेरी नलिँदा विवाद आएको थियो ।
यस्तै, कतिपय घटनामा अनुसन्धानको नेतृत्व लिनुभन्दा स्थानीय तहलाई जिम्मा लगाएर प्रहरी पन्छाउन खोजेको आरोप चिर्न पनि उनले निर्देशन दिएका छन् । जुनसुकै मुद्दाको अनुसन्धानमा पनि नेतृत्वदायी भूमिका बहन गर्नुपर्ने उनको निर्देशन छ ।
महिला, बालबालिका र ज्येष्ठ नागरिक पीडित रहेका मुद्दामा गुनासा आउन नदिनेतर्फ सचेत रहन, सबुत प्रमाण ग्राह्य होरहोइन निर्धारण गरी ग्राह्य प्रमाण मात्र संकलन गर्ने दिशामा अनुसन्धानमा निर्देशित हुन, गम्भीर र जघन्य प्रकृतिका मुद्दामा अभियोजनकर्तालाई पनि घटनास्थलमा लगी सहकार्य गर्न उनले निर्देशन दिएका छन् ।
अनुसन्धानका क्रममा संकलित सबुत प्रमाणको प्रभावकारी अभिलेखीकरण गर्न, कानुनले तोकेको समयसीमामा रायसहितको प्रतिवेदन पठाउने नगरेको गुनासो आएकाले सुधार गर्न, जरुरी पक्राउ पुर्जीको अनुसन्धान अधिकारीबाट दुरुपयोग गरिएको भन्ने गुनासो भएकाले अनावश्यक पुर्जी जारी नगर्न पनि उनले निर्देशन दिएका छन् । अपराध पीडित, साक्षी र जाहेरवालाको सुरक्षा नगरेको, निजहरूलाई उचित परामर्श नदिएका कारण मुद्दामा असफलता बेहोर्नुपरेको यथार्थ हामीसामु छर्लंगै छ,’ निर्देशनको बुँदा नम्बर १० मा भनिएको छ, ‘यसर्थ साक्षीको संरक्षणको जिम्मेवारी उचित रूपमा बहन गरी निजहरूलाई दिनुपर्ने परामर्श यथोचित समयमा दिई अदालतसमक्ष पेस गर्नुपर्छ । विपरीत बकपत्र गर्न सिकाएमा अनुसन्धान अधिकारीलाई क्षमा दिन सकिँदैन ।’
परम्परागतभन्दा वैज्ञानिक र वस्तुनिष्ठ प्रमाण संकलनमा केन्द्रित हुन पनि उनले निर्देशन दिएका छन् । सरकारी वकिल (अभियोजनकर्ता)ले मुद्दामा दिएको निर्देशनलाई अनुसन्धान अधिकारीले पटक–पटक बेवास्ता गरी मुद्दा कमजोर भएको पाइएमा त्यस्ता अधिकृतलाई कडा कारबाही गर्ने उनको चेतावनी छ ।
कार्यक्रममा महान्यायाधीवक्ता अग्नि खरेलले पनि कुनै पनि अपराधिक घटनाको मिलापत्र नगराउन सचेत गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!