११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

तुलसीपुर राप्ती शान्ति उद्यानमा निर्मित बुद्धको मूर्ति मुख्यमन्त्रीद्धारा अनावरण

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(तेज वली)
दाङ तुलसीपुर स्थित राप्ती शान्ति उद्यानमा निर्मित बुद्धको मुर्तिको आज अनावरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको उक्त मूर्तीको आज लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अनावरण गर्नुभएको हो ।
फाइबरबाट निर्मित वुद्धको मूर्ति बनाउन २४ लाख १६ हजार रुपैयाँ लागेको राप्ती शान्ती उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिनुभयो । मूर्ति निर्माणका लागि प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका थिए ।
शान्तिको सन्देश दिन स्थापना गरिएको राप्ती शान्ति उद्यानमा शान्तिका प्रतिक वुद्धको मूर्ति राखिएको हो । उक्त मूर्ति १७ फिट अग्लो रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!