०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कपिलवस्तुको सिमाक्षेत्रमा (खसी बोका) तस्करी बढ्याे

Logo
प्रकाशित सोमबार, मंसिर ०१, २०७७

(प्रिन्स मिश्रा)                                               कपिलवस्तु मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी तस्करी बढेको छ l
लकडाउनमा जिल्लाका सिमाक्षेत्र हुदै अवैध खसीको तस्करी बढ्दै गएकाे छ। जिल्लाकाे कृष्णनगर , कुकुरभुक्वा, गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ र आज मिति २०७७।०७।२९ गते १५:५० बजे जिल्ला कपिलवस्तु बिजयनगर गा.पा.-१ तिनघरवा स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपाल तर्फ ल्याउदै गरेको ९ जिउ खसी ईलाका प्रहरी कार्यालय गणेशपुर र बॉर्डर आउट पोस्ट डालपुरको सयुंक्त गस्ती टोलीले बिजयनगर गा.पा.-१ तिनघरवा बाट खसी बरामद गरेको छ र आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार पठाएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिस्टले जानकारी दिनुभएको छ l
काेराेना संक्रमणका कारण भारतसंगकाे सिमा लक भएकाले चाेरबाटाे हुँदै अवैध खसीकाे तस्करी माैलाएकाे स्थानियहरु बताउछन । तस्कारी गरेर ल्याईने खसीहरु महराजगंज, कृष्णनगर ,चन्द्राैटा, बुटवल,पाल्पा र ताैलिहवा सम्मा सप्लाई हुँदै आएको जानकारी प्राप्त भएको छ।
भारतसंगकाे सिमा (कृष्णनगर)मा लकडाउन अवधीदेखि सशस्त्रकाे नया चेकपाेष्ट बनाइएकाे छ तर रातिकाे समयमा तस्करहरु खेतकाे डिल तथा नदीकाे किनाराकाे छेउ समाउदै नेपालमा खसी लगायत अन्य समान ओसार पाेसार गरिरहेका प्रत्यक्षदर्शीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!