२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आगलागी हुँदा हङकङको नेपाली रेस्टुरेन्टमा ७ जनाको मृत्यु १० जना घाइते

Logo
प्रकाशित सोमबार, मंसिर ०१, २०७७

(ABC Sanchar)
काठमाडौं हङकङमा एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा अन्य १० जना घाइते भएका छन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङ याउमाइतेइको क्यान्टोन रोडस्थित नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा १७ जना घाइते भएका थिए । घाइतेमध्ये १३ जनालाई उद्धार गरिएकोमा १ बच्चासहित ४ पुरुष र ३ जना महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइते १० जनामध्ये ७ जनाको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।
हङकङको समयानुसार आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । जन्मदिन मनाउन बालिएको क्यान्डिलबाट आगो सल्किएको हुनसक्ने स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यद्यपि त्यसको पुष्टि भने हुन सकेको छैन ।
घाइतेहरुलाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मर्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टरमा लगिएको छ ।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले याउमाइतेइमा आइतबार राति भएको आगलागीको त्रासदीबाट आफू दुखी भएको बताएकी छन् । प्रमुख कार्यकारी लामले आगलागीको घटनामा परेर घाइते भएकाको उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिइएको जानकारी दिएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]