०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

आगलागी हुँदा हङकङको नेपाली रेस्टुरेन्टमा ७ जनाको मृत्यु १० जना घाइते

Logo
प्रकाशित सोमबार, मंसिर ०१, २०७७

(ABC Sanchar)
काठमाडौं हङकङमा एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा अन्य १० जना घाइते भएका छन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङ याउमाइतेइको क्यान्टोन रोडस्थित नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा १७ जना घाइते भएका थिए । घाइतेमध्ये १३ जनालाई उद्धार गरिएकोमा १ बच्चासहित ४ पुरुष र ३ जना महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइते १० जनामध्ये ७ जनाको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।
हङकङको समयानुसार आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । जन्मदिन मनाउन बालिएको क्यान्डिलबाट आगो सल्किएको हुनसक्ने स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यद्यपि त्यसको पुष्टि भने हुन सकेको छैन ।
घाइतेहरुलाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मर्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टरमा लगिएको छ ।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले याउमाइतेइमा आइतबार राति भएको आगलागीको त्रासदीबाट आफू दुखी भएको बताएकी छन् । प्रमुख कार्यकारी लामले आगलागीको घटनामा परेर घाइते भएकाको उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिइएको जानकारी दिएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!