०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

प्रदेश नं १ मा २७० कोरोना सङ्क्रमितहरु थपिए

Logo
प्रकाशित मंगलबार, मंसिर ०२, २०७७

(विवेक गाहा)
विराटनगर प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २७० जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ५८८ जनाको पिसिआर परीक्षणमा ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितहरुमा मोरङमा ११२ मध्ये विराटनगरमा ५८, सुनसरीमा ९७, झापामा २९,उदयपुरमा आठ, पाँचथरमा पाँच, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, इलाम र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् । सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २४ हजार २० पुगेको मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज १९७ जना सङ्क्रमित निको भएका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १८ हजार १२८ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७९ हजार ९३ जनाको पिसिआर परीक्षण गरिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । चाडपर्वको समयमा सुरक्षित यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक कनक शाहीको कमाण्डको ट्राफिक प्रहरी टोलीले बाँके नेपालगन्ज राँझा,रत्न राजमार्गमा विशेष चेकजाँच गरेको थियो। १७१ वटा सार्वजनिक सवारी चेकजाँच* गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ र ट्राफिक नियम उल्लंघन गर्ने ३५ वटा सवारीलाई कारबाही* […]

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]