०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

१० लाख बराबरको नगद चेकसहित ७ जना जुवाडे पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ०२, २०७७

ABC (क्राईमबिट)
काठमाडौँ नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेका ४४ वर्षीय यादव चौलागाईँ, धादिङका ४१ वर्षीय राजु पौडेल, चितवनका ३१ वर्षीय राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका ४१ वर्षीय श्याम तामाङ र कैलालीका २८ वर्षीय प्रेम बडवाल छन् ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ठूलो रकम हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकासँग विभिन्न बैंकको ११ थान चेकबुक र एक बुक ताससमेत बरामद गरेको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!