२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

नेपाल प्रहरीमा एक AIG र ५ DIG को दरबन्दी थप

Logo
प्रकाशित बिहिबार, मंसिर ०४, २०७७

ABC (क्राईमबिट)
काठमाडौं नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप भएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय, प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिए।
सङ्घीय संरचनानुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक स्वरुप निर्धारण प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा दरबन्दी थप भएको गौतमले जानकारी दिनुभयो । सोही प्रतिवेदनको एक अङ्गका रुपमा दरबन्दी रहेको थियो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै प्रहरी समायोजन र बढुवाको आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिए।
गत वर्ष नै प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भई कानूनको अङ्ग बनिसकेको छ।
यद्यपि प्रहरी समायोजन प्रक्रिया शुरु हुन सकेको थिएन। प्रदेशमा प्रहरी समायोजन गर्दा प्रहरी उपरीक्षक र त्यसमाथिको प्रहरी कर्मचारी सङ्घअन्तरगत रहने कानूनी व्यवस्था छ ।
मेट्रोको नेतृत्व एआइजीले गर्ने
दरबन्दी थप भएसँगै महानगरीय प्रहरी कार्यालय (मेट्रोे प्रहरी)को नेतृत्व एआइजीले गर्नुहुने छ। हाल यहाँ डिआइजी विश्वराज पोखरेलको नेतृत्व छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्व रहेको स्थान साइबर ब्युरो, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान निर्देशनालय, कार्य निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालयमा र प्रदेश समन्वय निर्देशनालयमा डिआइजीले नेतृत्व गर्ने प्रवक्ता कडायतले जानकारी दिए।
हाल प्रहरीमा एक प्राविधिकसहित चार एआइजी र प्राविधिकबाहेक १४ डिआइजी छन्।
थपिएको दरबन्दीसहित एआइजी पाँच र प्रशासनतर्फ डिआइजीको दरबन्दी १९ पुगेको छ । प्राविधिकतर्फ आठ डिआइजीको दरबन्दी छ। तीन डिआइजीको दरबन्दी अहिले पनि खाली छ।
थपिएको एक एआइजी र खालीसहित आठ डिआइजीको बढुवा प्रक्रिया अब शुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!