११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

बाँकेका पत्रकार महासंघ अध्यक्ष थारूद्वारा फेसबुकमा CDO र SP को चरित्र हत्या

Logo
प्रकाशित बिहिबार, मंसिर ०४, २०७७

(ABC Sanchar)
बाँके नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले बाँके जिल्लाका सिडियो रामबहादुर कुरुम्बांग र जिल्ला प्रहरी कार्यालयका एसपी ओमबहादुर रानाको सामाजिक संजालमा चरित्र हत्या गरेका छन् ।
पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारुले बाँके सिडियो कुरुम्बांग र एसपी रानाको चरित्र हत्या गर्ने मनसायले आफ्नो फेसबुक आईडीमा–‘चट्के सिडियो, जुवाको खाल खोज्ने एसपीको जिल्लाको सुशासन कस्तो हुदो हो ? नाट्क बढि ! ’ लेखेका छन् ।
नेपाल पत्रकार महासंघ, बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले बाँके सिडियो रामबहादुर कुरुम्बांग र जिल्ला प्रहरी कार्यालयका एसपी ओमबहादुर रानाको सामाजिक संजालमा चरित्र हत्या गर्ने खालको गरेको पोष्ट
पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारुको यस्तो चरित्र हत्या गर्ने खालको पोष्टबाट पत्रकार महासंघको गरिमा एकै क्षणमा घटेको अधिकांश बुद्धिजीविले अहिले टिप्पणी गर्न थालेका छन् ।
पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारुको यस्तो पोष्टबाट बाँके सिडियो कुरुम्बांग र एसपी रानाबाट आश गरे अनुसारको आफ्नो इच्छा पुर्ति नभएकोले यस्तो चरित्र हत्या गर्ने खालको पोष्ट भएको अधिकांश स्थानिय जनताले समेत पत्रकार महासंघप्रति नकारात्मक टिप्पणी समेत गरेको पाइएको छ ।
पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारुले आफ्नो पदको दुरुपयोग गरी बाँके सिडियो कुरुम्बांग र एसपी रानालाई दबावमा पारी कानुनमा उल्लेख नभएको कुरालाई जबरजस्ती गर्न लगाएको कुरा पनि चर्चा हुन थालेकोे छ । नेपालको कानुनमा कुनै पनि संघसंस्थाले अभद्र व्यवहारको उजुरी दिन नपाउने व्यवस्था हुँदाहुँदै पनि अध्यक्ष थारुले पत्रकार महासंघको लेटरप्याड प्रयोग गरी, उजरी तयार पारी बाँके प्रशासनमा दर्ता गराएका थिए भने बाँके सिडियो कुरुम्बांग र एसपी रानालाई दबावमा पारी जबरजस्ती पक्राउ पुर्जी जारी गराउनुको साथै घर खानतलासी समेत गर्न लगाएको विषय अहिले उठ्न थालेको छ ।
बाँके जिल्लाबासीको नजरमा बाँके सिडियो कुरुम्बांग र एसपी रानाले कानुन अनुसार गलत कार्य रोक्नको लागि इमानदारिताका साथ अहोरात्र खटिंदा पनि पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारुले गरेको पोष्टबाट अहिले सरकारी अधिकारी, पत्रकार मात्र नभई स्थानिय जनता समेत महासंघप्रति विश्वास गर्न नसकिने खालको आवाज उठ्न थालेको छ ।
पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारुले विगतमा रक्सीको नशामा लठ्ठिएर बोलेका र गाली गरेका कुरा चर्चाको विषय बनेको थियो भने सेतोखरी डटकमले समाचार सम्प्रेषण समेत गरेको थियो । सेतोखरी डटकमले अध्यक्ष थारुले रक्सीको नशामा बोलेका कुराहरु हुबहु प्रकाशित गरेकोमा केही महिना पहिले उक्त समाचार समेत हटाइएको थियो ।
रक्सीको नशामा लठ्ठिलिएका पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरले बोलेका कुरा सेतोखरी डटकमले प्रकाशन गरेको समाचारको स्क्रीनसट तर अहिले यो समाचार हटाइएको छ ।
बाँके सिडियो कुरुम्बांग र एसपी रानाको चरित्र हत्या गर्ने पोष्ट आएपछि पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु कान्तिपुर पब्लिकेशनमा कार्यरत पत्रकार भएका कारण पनि विभिन्न स्थानमा ध्वाँस देखाउने गरेको पनि अहिले अधिकांशले बताउन थालेका छन् ।
ध्वनि खबरबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले भारतसँगको सीमामा १०० नेपाली रुपैयाँभन्दा माथिका सामानमा भन्सार अनिवार्य* गर्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती भारतीय बजारमा असर परेको छ। *के भएको हो:* 1. *नियम*: भूमि नाकाबाट व्यक्तिगत प्रयोगका लागि ल्याउने सामानमा १० रुपैयाँभन्दा माथि भए भन्सार लाग्छ भन्ने नियम पहिलेदेखि नै थियो। तर अहिले सशस्त्र प्रहरी र […]

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

error: Content is protected !!