१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

पत्रकार एवं साहित्यकार प्रियासनको पुनरागमन प्रभावित भएर मुनाले लेखिन उपन्यास

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(सागर थापा)
दाङका पत्रकार एवं साहित्यकार सविन प्रियासन अहिले नेपाली साहित्य क्षेत्रमा चर्चाको शिखरमा छन् । उनलाई अहिले कतिपयले ‘आँशु उपन्यासकार’ भनेर संवोधन गर्नेगर्छन । प्रियासनले एक वर्षको बीचमा आधा दर्जनभन्दा बढी उपन्यास निकालिसकेका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्ष तथा प्रेस संगठनको लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका प्रियासनले अहिले पत्रकारिता र साहित्य क्षेत्रमा राष्ट्रिय पहिचान बनाइसकेका छन् । विशेष गरेर युवा पुस्ताका पाठकहरु माझ उनी निकै लोकप्रिय बन्न सफल भएका छन् । उनका फ्यानहरु पनि दिनप्रतिदिन बढिरहेका छन् ।
ती मध्ये एक हुन घोराही उपमहानगरपालिका वडा नं ७ निवासी मुना खनला । उमेरले १७ वर्ष पूरा गरेकी मुना साहित्य क्षेत्रमा निकै रुची राख्छिन् । घोराही स्थित विद्यानिलकण्ठ कलेज कक्षा १२ मा अध्ययनरत मुना प्रियासनको लेखनिबाट निकै प्रभावित छिन् । उनले प्रियासनका सबैजसो उपन्यासहरु बढेकी छन् ।
अहिले उनै मुनाले प्रियासनको पुनरागमन उपन्यासबाट प्रभावित भएर आँफै उपन्यास लेख्न कस्सिएकी छन् । ‘मलाई पुनरागमले लेखनलाई निकै प्रेरणा दिएको छ, म प्रियासनको लेखनिबाट निकै प्रभावित भएको छु,’ उनले भनिन्, ‘म पनि भविष्यमा प्रियासन जस्तै सफल उपन्यासकार बन्न चाहन्छु ।’
अहिले मुनाले ‘स्मारिका’ नामको उपन्यास लेखिरहेकी छन् । उपन्यासको आधाभन्दा बढी लेखनि पूरा भइसकेको उनले जानकारी दिइन् । छिट्टै स्मारिका उपन्यास बजारमा ल्याउने उनको सोँच रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!