२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

नेपालको एकमात्र छठिमाता मन्दिर हल्दिबारीमा सामुहिक छठिपूजन सम्पन्न

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(    नितेश्वर शाह    )    झापा                                जिल्लाको पुर्वी-दक्षिणी भागमा चारकोशे झाडीसङ्गै जोडिएको हल्दिबारी गाउपालिका वडान.-४ अवस्थित पाथिभरा सिङ्घकाली धार्मिक तथा पर्यटकीय क्षेत्रमा पाथिभरा छठपूजा उपसमिति द्वारा प्राचीन देवी छठिमाताको मन्दिर परिषरमा छठिपूजनको आयोजना सम्पन्न भएकोछ।आजकै दिन नेपाल,भारत लगायत विभिन्न देशहरुमा पूजा अर्चना गरिने छठिमाताको पूजन, झापाको हल्दिबारीमा भने प्रत्यक्ष मुर्ती तथा मन्दिरमा बिगत ३बर्ष देखि पुजा गर्दै आएकाछन कोभिड-१९ को आक्रान्त एवम झापामा बढ्दो सन्ख्याको कारण यसपाली जिल्ला प्रशासन कार्यालय झापाद्वारा घर-घरमा छठिपूजनको अनुरोधको कारण यश क्षेत्रमा नेपालकै नमुनाको रुपमा रहेको छठी मन्दिरमा अन्धकार छाउने भयले सम्पूर्ण ब्रतालु,भक्तजन अनि समाबेसी समाजमा नैराश्यता छाएपनी स्थानीय सरकार प्रशासनको पहलमा सम्पूर्ण सुरक्षाको नीति अबलम्बन गरि सोहि मन्दिरमा पुजा आयोजना गरि स्थानीय बासिन्दा,ब्रतालु एवम भक्तजनहरुमा खुशीको लहर छाएको देखियो। प्रत्येक बर्ष रास्ट्रीय र स्थानीय स्तरका कलकारहरुको उपस्थितिमा विभिन्न कार्यक्रम आयोजना गरि रोटेपिङ्ग, हन्शबाहन, मृत्युको इनार अनि खुल्ला नृत्य प्रतियोगिताको आयोजन गरि कम्तिमा “”सात दिने मेला”” आयोजना गत्दै आएको उक्त उपसमितिले यसपाली कोभिड-१९ को कारण सम्पूर्ण अन्य मनोरञ्जनका कार्यक्रम स्थगन गरेतापनी हजारौ भक्तजनहरुको उपस्थिति रहेको पाथिभरा सिङ्घकाली धार्मिक तथा पर्यटकीय क्षेत्रका अध्यक्ष रेम खरेलले जानकारी दिनुभएकोछ।स्थानीय सरकार(हल्दिबारी गाउपालिका र वडा न-४)को प्रत्यक्ष संरक्षकमा रहेको छठिपूजनमा १२ घरधुरीको प्रत्यक्ष सम्लग्न रहेको सन्ख्याले थोरै भएपनी “”छठी माता””को मन्दिर तथा मुर्ती राखेर पूजा गर्ने परम्परा सम्भवत नेपालकै पहिलो स्थान रहेको गाउपालिका अध्यक्ष रबिन्द्र लिङ्ग्देन बताउनु हुन्छ, नियमित बिकास पुर्वाधारको लागि छठिपूजनलाइ ब्यबस्थित तथा स्थायी “”घाट””(पूजन स्थल निर्माण)गर्नकालागी यसपालीको आर्थिक बजेटबाट रु २० लाख छुट्याएर भक्तजनको मनोबल बढाएको जानकारी उपाध्यक्ष डम्बर गिरीले पुर्व जानकारी गराइसक्नु भएकोछ भने वडान-४ का वडाध्यक्ष होम चुडाल लगायत सम्पूर्ण सदस्य द्वारा ओझेलमा रहेको पा सि धा त प बि क्षे को बिकासको लागि कुनै कसर बाकी रहन नदिने प्रतिबद्धता जनाउनु भयो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]