०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

तुलसीपुरका पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(तेज वली)
दाङ तुल्सीपुर शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट लिएको स्वाव मध्ये थप १३ जनाको रिर्पाट पोजेटिभ आएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय १ पुरुष,२८ र ३६ वर्षीय २ महिला गरि ३ जना,वडा नं. ६ का ६१,४६,२१ वर्षीय ३ जना पुरुष र २६ वर्षीय १ महिला गरि ४ जना, वडा नं. १२ का २५ वर्षीय १ जना पुरुष, वडा नं. १५ का ५४ वर्षीय १ जना पुरुष, वडा नं. १७ का ४१ र २३ वर्षीय २ जना पुरुष,वडा नं. १८ का ३२ वर्षीय १ महिला र वडा नं. १९ का ३२ वर्षीय १ जना पुरुष रहेका छन ।
त्यस्तै वडा नं. ७,वडा नं. ६ र वडा नं. १४ का १÷१ जना पुरुष फलोअपमा रहेको फोकल पर्सन केसीले बताए ।
शनिवार संक्रमित हुनेमा पत्रकार सहित विभिन्न संघसस्थाका कर्मचारी रहेका छन ।
यो संगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या ६ सय ९२ पुगेको छ । फोकल पर्सन केसीका अनुसार तुलसीपुरमा हाल सम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । त्यस्तै संक्रिय संक्रमितको संख्या २ सय १४ पुगेको छ । यसैबिच शनिबार मात्र तुलसीपुरमा ७ जनाले कोरोनालाई जितेका छन । यो संगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ सय ७८ जना पुगेको छ । तुलसीपुरमा कोरोनाको तथ्याङ्क हेर्दा हाल २ सय ७ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!