२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

खान र पढाइ खर्च जुटाउन (श्रम) गर्न बाध्य छन् बालबालिकाहरु

Logo
प्रकाशित आइतबार, मंसिर ०७, २०७७

(ABC Sanchar)
काठमाडौं बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ । बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिकरूपमा स्वीकार गरिएको, बालबालिकाका लागि सहयोगको कार्यक्रमको अभावलगायतका कारणसमेतले कतिपय क्षेत्रमा बालश्रम व्याप्त रहेको देखिएको छ ।
दशकौँदेखि नेपालमा बालश्रमविरुद्ध चेतना, जागरण र सहयोगका कार्यक्रम सरकारी र विकासका साझेदार संस्थाबाट भए पनि सामान्यतयाः रोजगारीको अनौपचारिक क्षेत्र (रेष्टुरेन्ट, यातायात, निर्माण, कृषि, साना तथा घरेलु उद्योग, गलैँचा कारखाना, जरी कारखाना, इँटाभट्टा, आदि) लगायत घरेलु श्रममा पनि बालबालिकालाई संलग्न गराइएको देखिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा विभिन्न राष्ट्रिय दैनिक पत्रिका र विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशित घटनामध्ये बालबालिकालाई विभिन्न काममा लगाएका २३ वटा घटनाबाट ७९ बालबालिका (बालक ५७ र बालिका २२) प्रभावित भएको राष्ट्रिय बालअधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए ।
परिषद्का अनुसार अधिकांश बालबालिका (६७ जना) पढाइ खर्च जुटाउन विभिन्न काममा संलग्न भएको र ९ जना घरेलु तथा होटलमा एवं तीन जना सार्वजनिक यातायातमा संलग्न भएको घटना सार्वजनिक भएको पाइएको छ । दश वर्ष वा सोभन्दा मुिनको १० बालबालिका समेत काममा संलग्न रहेको जानकारी रहेको छ ।
केन्द्रीय तथ्याङ्क विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षणमा २०७६ बाट १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संलग्न भएको पाइएको छ । नेपालको संविधानको धारा ३९ को उपधारा ४ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन बन्देज लगाइएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले १८ वर्षमुनिका व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ ।
नेपालको राष्ट्रिय जनगणना, २०६८ अनुसार एक लाख चार हजार ७१४ बालबालिका (बालक ५६ हजार २६७ र बालिका ४८ हजार ४४७) कामकाजमा संलग्न रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागबाट सम्पादन गरिएको नेपाल बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण, २०७१ (सन् २०१४) अनुसार पाँचदेखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आइतबार राष्ट्रपति पौडेलले राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालयको अवलोकन भ्रमण गरेका हुन् । राष्ट्रपति पौडेलले सैनिक संग्रहालयको विभिन्न प्रदर्शनी कक्षहरुमा राखिएको ऐतिहासिक, पुरातात्विक तथा सैनिक सामग्रीहरुको अवलोकन गरेका हुन् । भ्रमणमा बलाधिकृत रथी निर्मल कुमार थापा, रथीबृन्द,अधिकृत लगायत सकलदर्जाको उपस्थिती रहेको थियो ।

  काठमाडौं । प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत समसामयिक विषयवस्तुलगायत विषयमा आज आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले विगतमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै थप संयमता तथा व्यावसायिकता प्रदर्शन गरी नागरिक केन्द्रित भई आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका हुन् । महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई […]

दाङ । वन्यजन्तु बाघको छाला (ओखेटोपहार) सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ गुरुङखोला निवासी ५३ वर्षीय केशव राज सेन ठकुरी, गढवा गाउँपालिका–६ खवरी निवासी, ४१ वर्षीय बिक्रम बुढामगर, र वर्दियाको बारबर्दिया नगरपालिका–४ पदनाह निवासी ३३ वर्षीय अनिल थारु रहेका छन् । अवैध रुपमा बाघको छाला कारोबार भइरहेको भन्ने सूचनाका आधारमा […]

error: Content is protected !!