१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

दाङमा २२ दलद्वारा सयुत्त विरोध प्रदर्शन

Logo
प्रकाशित आइतबार, मंसिर ०७, २०७७

(सागर थापा)
दाङ अमेरिकी संस्था एमसिसी र नेपालका विभिन्न सरकारद्वारा राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्पियाधुरा कालापानी लिपुलेक, सुस्तालगायत भूभागमाथि नेपालको स्वामित्व कायम गर्नेलगायतको विषयमा २२ राजनीतिक दल तथा सङ्घसंस्थारूले विरोध प्रदर्शन गरेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष गणेश आचार्यले राष्ट्रियता, जनतन्त्र , जनजीविकाका साथै कोरोना उपचारमा सरकारको उदासिनता र एमसिसी सम्झौताको खारेजीका लागि जनआन्दोलन गर्ने बेला भएको बताउनुभयो । उहाँले त्यसका लागि आम जनता तयारी अवस्थामा रहन पनि आग्रह गर्नुभयो।
फरक प्रसङ्मा बोल्दै आचार्यले सरकारले कोरोनाको उपचार गर्न नचाहेको आरोप लगाउनुभयो । ‘सर्वोच्च अदालतले निःशुल्क उपचार गर्नुपर्छ भन्दा पनि कम्युनिष्ट नामधारी सरकारका मन्त्रीहरू उल्टै मुद्दाको फाइल बोकेर सर्वोच्च अदालत धाएर नेपाली जनताको अपमान गर्ने काम गरे’ उहाँले भन्नुभयो ।
नेकपा (माले) का केन्द्रीय सदस्य गोविन्द केके, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्लाध्यक्ष नरेन्द्र बन्जाडे, जनअधिकार मञ्चका प्रतिनिधि बिर्खु चौधरीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलको सञ्चालनबाट अघि बढेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

error: Content is protected !!