२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा २२ दलद्वारा सयुत्त विरोध प्रदर्शन

Logo
प्रकाशित आइतबार, मंसिर ०७, २०७७

(सागर थापा)
दाङ अमेरिकी संस्था एमसिसी र नेपालका विभिन्न सरकारद्वारा राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्पियाधुरा कालापानी लिपुलेक, सुस्तालगायत भूभागमाथि नेपालको स्वामित्व कायम गर्नेलगायतको विषयमा २२ राजनीतिक दल तथा सङ्घसंस्थारूले विरोध प्रदर्शन गरेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष गणेश आचार्यले राष्ट्रियता, जनतन्त्र , जनजीविकाका साथै कोरोना उपचारमा सरकारको उदासिनता र एमसिसी सम्झौताको खारेजीका लागि जनआन्दोलन गर्ने बेला भएको बताउनुभयो । उहाँले त्यसका लागि आम जनता तयारी अवस्थामा रहन पनि आग्रह गर्नुभयो।
फरक प्रसङ्मा बोल्दै आचार्यले सरकारले कोरोनाको उपचार गर्न नचाहेको आरोप लगाउनुभयो । ‘सर्वोच्च अदालतले निःशुल्क उपचार गर्नुपर्छ भन्दा पनि कम्युनिष्ट नामधारी सरकारका मन्त्रीहरू उल्टै मुद्दाको फाइल बोकेर सर्वोच्च अदालत धाएर नेपाली जनताको अपमान गर्ने काम गरे’ उहाँले भन्नुभयो ।
नेकपा (माले) का केन्द्रीय सदस्य गोविन्द केके, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्लाध्यक्ष नरेन्द्र बन्जाडे, जनअधिकार मञ्चका प्रतिनिधि बिर्खु चौधरीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलको सञ्चालनबाट अघि बढेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!