१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

योजना तर्जुमा गर्न प्रशिक्षण

Logo
प्रकाशित मंगलबार, जेठ ०८, २०७५

सागर रिजाल
प्युठान,८ जेठ ।
जिल्लाका स्थानिय तहलाई आर्थिक वर्ष ०७५÷०७६ सालको योजना तर्जुमा गर्न प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय तहमा बजेट तर्जुमा, योजनाको प्राथमिकीकरण कसरी गर्ने, योजना कार्यान्वयन, योजनाको मुल्याङकन, अनुगमनका बारेमा प्रशिक्षण दिईएको छ । गाउँ तथा नगरपालिकाको योजना प्रक्रिया गाउँबस्ति स्तरदेखि गाउँसभाको स्विकृत सम्मको प्रक्रियाको बारेमा समेत प्रशिक्षण दिईएको छ ।जिल्लाका नौ वटै गाउँ तथा नगरपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनीधि, विषयगत कार्यालयका कर्मचारीहरुको उपस्थितीमा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा नौवहीनि गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले प्रशिक्षणले योजना निमार्ण गर्न सहजता भएको बताउनुभयो । गाउँपालिका संगै वडा तथा टोल स्तरमा योजना निमार्ण गर्न यस्ता प्रशिक्षणको आवश्यकता रहेको उहाँको भनाई छ । अगिल्लो आर्थिक वर्षमा योजना निमार्ण गर्न अफ्ठेरो भयो गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले भन्नुभयो,‘यस अर्थिक वर्षमा योजना निमार्ण गर्न सहज हुनेछ ।’
योजना तर्जुमा निमार्ण कार्य लिखितमा मात्र सिमित नभई प्रयोगात्मकमै सिकेको झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले बताउनुभयो । स्थानीय सरकार ऐन अनुसार योजनाको छनोट गर्नुपर्ने उहाँको भनाई छ । प्रशिक्षण पछि स्थानिय तहमा वडा बस्ति देखि नै जन्ताले अनुभुत गर्न सक्ने र उनीहरुकै आवश्यकताको आधारमा योजना छनोट गर्नुपर्ने झिमरुक गाउँपालिकाका भौतिक पूर्वाधार तथा भवन नियमन शाखा प्रमुख बाशुदेव गिरीले बताउनुभयो । उहाँले भन्नुभयो,‘योजना छनोट गर्दा विकासले प्रतिफल हासिल गर्ने र जन्ताको प्रत्यक्ष अपनवत्व रहने कुरामा जोड दिनुपर्छ ।’
२ दिन सम्म चलेको प्रशिक्षण कार्यक्रमको सहजीकरण नेपाल सरकारका पूर्व सहसचिव वलदेव गौतम, प्युठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारी, स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम गैरे, य.ुएन.एप.पीए.का प्रेमनारायण श्रेष्ठले गर्नुभएको थियो । जिल्ला समन्वय समिती प्युठानको आयोजना तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय शासन तथा सामुदायिक विधान कार्यक्रम समन्वय ईकाइको सहयोगमा प्रशिक्षण कार्यक्रम भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। सीआइबीको टोलीले उनलाई काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरिएको सिआईबी प्रमुख डा. मनोज केसीले पुष्टि गरे । उनीमाथि प्रधानमन्त्री कार्यालयकाे वेबसाइटमा अनाधिकृत पहुँच पुर्‍याएर ठेक्का हात पारेको आरोप लगाइएकाे छ ।

काठमाडौँ । राजधानीको साँखुमा गोली चलाएको छ । लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो  । लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो । सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन । […]

error: Content is protected !!