२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

योजना तर्जुमा गर्न प्रशिक्षण

Logo
प्रकाशित मंगलबार, जेठ ०८, २०७५

सागर रिजाल
प्युठान,८ जेठ ।
जिल्लाका स्थानिय तहलाई आर्थिक वर्ष ०७५÷०७६ सालको योजना तर्जुमा गर्न प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय तहमा बजेट तर्जुमा, योजनाको प्राथमिकीकरण कसरी गर्ने, योजना कार्यान्वयन, योजनाको मुल्याङकन, अनुगमनका बारेमा प्रशिक्षण दिईएको छ । गाउँ तथा नगरपालिकाको योजना प्रक्रिया गाउँबस्ति स्तरदेखि गाउँसभाको स्विकृत सम्मको प्रक्रियाको बारेमा समेत प्रशिक्षण दिईएको छ ।जिल्लाका नौ वटै गाउँ तथा नगरपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनीधि, विषयगत कार्यालयका कर्मचारीहरुको उपस्थितीमा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा नौवहीनि गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले प्रशिक्षणले योजना निमार्ण गर्न सहजता भएको बताउनुभयो । गाउँपालिका संगै वडा तथा टोल स्तरमा योजना निमार्ण गर्न यस्ता प्रशिक्षणको आवश्यकता रहेको उहाँको भनाई छ । अगिल्लो आर्थिक वर्षमा योजना निमार्ण गर्न अफ्ठेरो भयो गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले भन्नुभयो,‘यस अर्थिक वर्षमा योजना निमार्ण गर्न सहज हुनेछ ।’
योजना तर्जुमा निमार्ण कार्य लिखितमा मात्र सिमित नभई प्रयोगात्मकमै सिकेको झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले बताउनुभयो । स्थानीय सरकार ऐन अनुसार योजनाको छनोट गर्नुपर्ने उहाँको भनाई छ । प्रशिक्षण पछि स्थानिय तहमा वडा बस्ति देखि नै जन्ताले अनुभुत गर्न सक्ने र उनीहरुकै आवश्यकताको आधारमा योजना छनोट गर्नुपर्ने झिमरुक गाउँपालिकाका भौतिक पूर्वाधार तथा भवन नियमन शाखा प्रमुख बाशुदेव गिरीले बताउनुभयो । उहाँले भन्नुभयो,‘योजना छनोट गर्दा विकासले प्रतिफल हासिल गर्ने र जन्ताको प्रत्यक्ष अपनवत्व रहने कुरामा जोड दिनुपर्छ ।’
२ दिन सम्म चलेको प्रशिक्षण कार्यक्रमको सहजीकरण नेपाल सरकारका पूर्व सहसचिव वलदेव गौतम, प्युठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारी, स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम गैरे, य.ुएन.एप.पीए.का प्रेमनारायण श्रेष्ठले गर्नुभएको थियो । जिल्ला समन्वय समिती प्युठानको आयोजना तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय शासन तथा सामुदायिक विधान कार्यक्रम समन्वय ईकाइको सहयोगमा प्रशिक्षण कार्यक्रम भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!