२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लुम्बिनी प्रदेश प्रहरी टोलीले बर्दिया मधुबनमा १८ लाखभन्दा बढीको अवैध सामान बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ २५, २०८३

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ।

*१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-*
1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/-
2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/-
3. सुपर पावर सुर्ती: ८ बोरा × ८० = रु. ६४,०/-

*२. पदम राज चौधरीको घर गोदामबाट – जम्मा रु. १२,६१,१२०/-*
मुख्य सामान: कमला पसंद ४ पेटी, बिडि ८.५ बोरा, खुकुरी चुरोट ३.५ पेटी, स्विट सुपारी २७ बोरा, लभ्ली सुपारी २१५ कार्टुन, जित माउथ फ्रेस २१० कार्टुन, प्लास्टिक २ बोरा, सुर्तीका विभिन्न ब्रान्ड।
*कुल मूल्य: रु. १८,०२,८४०/- अठार लाख दुई हजार आठ सय चालीस मात्र*

*कारबाही*: दुवै घरबाट बरामद सामान आवश्यक कारबाहीको लागि *इलाका प्रहरी कार्यालय ढोडरी, बर्दिया* मा बुझाइएको छ।

मधुबन नाका गुलरिया-सिरसियासँग जोडिएको हुनाले सुर्ती, सुवारी, चुरोट, मटर, प्लास्टिक जस्ता सामान तस्करीको मुख्य रुट मानिन्छ। घरलाई गोदाम बनाउने तरिका अहिले तस्करहरूले अपनाउने नयाँ शैली हो।

भन्सार नतिरी ल्याएको सुर्ती-चुरोट र सुवारीमा स्वास्थ्य कर + भन्सार धेरै लाग्ने भएकाले राजस्व छलीको जोखिम पनि त्यत्तिकै उच्च हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]