२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बर्दिया सशस्त्र प्रहरीले अवैध उत्खनन ट्याक्टरसहित ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(महेन्द्र सिंह)
बर्दिया सशस्त्र प्रहरीले बर्दियामा नदिजन्य पदार्थको अवैध उत्खनन गरिरहेका ट्रयाक्टर,बालुवासहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीको बिओपी कट्टीबाट सशस्त्र प्रहरी निरीक्षक टिका मैनालीको कमान्डमा खटिएको टोलीले गुलरिया नगरपालिका वडा नम्बर २ स्थित गुरुबाबाघाट स्थित बबईखोलाबाट अबैध नदिजन्य सामाग्री उत्खनन गरि ल्याइरहेको अबस्थामा भे १ त ८७८५ नम्बरको एक थान ट्रयाक्टर, एक थान ट्रली ,एक ट्रयाक्टर बालुवासाहित ३ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाले जानकारी दिएको छ।
नियन्त्रणमा लिईएका ६ लाख २ हजार ५ सय रुपैयाँ मुल्य रहेको सामनलाई जिल्ला समन्वयको कार्यालय गुलरियामा बुझाईएको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]