०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

बर्दिया सशस्त्र प्रहरीले अवैध उत्खनन ट्याक्टरसहित ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(महेन्द्र सिंह)
बर्दिया सशस्त्र प्रहरीले बर्दियामा नदिजन्य पदार्थको अवैध उत्खनन गरिरहेका ट्रयाक्टर,बालुवासहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीको बिओपी कट्टीबाट सशस्त्र प्रहरी निरीक्षक टिका मैनालीको कमान्डमा खटिएको टोलीले गुलरिया नगरपालिका वडा नम्बर २ स्थित गुरुबाबाघाट स्थित बबईखोलाबाट अबैध नदिजन्य सामाग्री उत्खनन गरि ल्याइरहेको अबस्थामा भे १ त ८७८५ नम्बरको एक थान ट्रयाक्टर, एक थान ट्रली ,एक ट्रयाक्टर बालुवासाहित ३ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाले जानकारी दिएको छ।
नियन्त्रणमा लिईएका ६ लाख २ हजार ५ सय रुपैयाँ मुल्य रहेको सामनलाई जिल्ला समन्वयको कार्यालय गुलरियामा बुझाईएको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!